
काठमाडौं । भारत हरियाणालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ ।
विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । हरियणाको बावलबाट १३ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।
भूकम्पको झड्का पछि हरियणाका सर्वसाधारण सडकमा निस्किएका थिए । भूकम्पको झड्का दिल्ली तथा आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।