सोलिडारिटी कपको उपाधीका लागि नेपालले मकाउसँग प्रतिस्पर्धा गर्दै

सोलिडारिटी कपको उपाधीका लागि नेपालले मकाउसँग प्रतिस्पर्धा गर्दै

nepal-brunaiकाठमाडौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटवल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र मकाउबीच खेल हुँदैछ ।

मलेसियाको कुचिङमा हुने फाइनल खेलमा उपाधिका सहज जित हात पार्ने रणनीतिका साथ नेपालमा मैदानमा उत्रिदैछ ।

फिफा बरियतमा नेपाल भन्दा कमजोर रहेको मकाउले खेलमा उल्लेखनीय सुधार गर्दै नेपालसँग उपाधि भिडन्त तय गरेको हो भने नेपाल यो प्रतियोगिता पनि जितेर उपाधीमा ह्याट्रिक गर्ने दाउमा रहेको छ ।

मकाउ फिफा बरियतामा नेपालभन्दा १० स्थान पछाडि छ । बरियतामा नेपाल १८६ औं स्थानमा छ भने मकाउ १९६ औं स्थानमा छ । सेमिफाइनलमा नेपालले आफू भन्दा बलियो टिम लाओसलाई पराजित गरेको थियो भने मकाउले ब्रुनाइलाई हराएको हो ।

यसअघि नेलालले बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण पदक हात पारेको थियो ।