मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

lionel-messi-and-luis-suarezकाठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा सेभिल्लालााई पराजित गरेको छ । आइतबारराति भएको खेलमा सेभिल्लामाथि २–१ को जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथि दबाब कायम राखेको हो ।

आइतबार राति भएको खेलमा एक गोलले पछि पारेको बार्सिलोनाले उत्कृष्ठ पुनरागमन गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले १५ औं मिनेटमा भिटोलोको गोलबाट अग्रता लिएको थियो ।

तर, पहिलो हाफको अन्तिमतिर लिओनल मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

खेलको ६१ औं मिनेटमा लुइस स्वारेजले मेस्सीको पासमा गोल गर्दै ३ अंक सुनिश्चित गरे । बार्सिलोनाका लागि ११२ खेलमा उनको यो ९५ औं गोल समेत हो ।

दोस्रो हाफमा बार्सिलोनाले थुप्रै अवसर सृजना गरपनि थप गोल हुन सकेन । बार्सिलोनाको ११ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ भने रियल मड्रिडको समान खेलबाट २७ अंक छ ।