Hilary Clintonएजेन्सी । अमेरिकी संघीय जाँच एजेन्सी (एफबीआई) ले राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनको इमेल प्रकरणमा दोस्रो पटक पनि सफाइ दिएको छ ।

एफबीआईले हिलारीको इमेल प्रकरणको छानविनका क्रममा कुनै नयाँ तथ्य फेला नपरेको जनाएको छ । केही दिन अघि पुनः जाँच सुरु गरेको एजेन्सीले शंकास्पद कुनै विवरण नपाएको जनाउँदै अमेरिकी संसद कांग्रेसलाई पत्र पठाएको छ ।

एफबीआईका निर्देशक जेम्स कूमीले जाँच एजेन्सीले आफ्नो काम पुरा गरेको र अनुसन्धानबाट कुनै नयाँ कुरा पत्ता नलागेको बताएका छन् ।
यसै वर्ष जुलाइमा एफबीआई निर्देशकले अमेरिकी विदेशमन्त्री रहेको समय क्लिन्टनले संवेदनशील इमेल पठाउँन आफ्नो व्यक्तिगत इमेल प्रयोग गरेपनि कुनै अपराध नगरेको निश्कर्ष निकालेका थिए ।

विवादित इमेल हिलारी क्लिन्टनका एक नजिकका सल्लाहकारका पतिको ल्यापटपमा पाइएपछि यो विषय पुनः चर्चामा आएको थियो ।

दुई साताअघि एफबीआई निर्देशकले संसदलाई पत्र लेख्दै हिलारी क्लिन्टनको इमेल काण्डको दोस्रोपटक छानविन गरिन लागेको जनाएका थिए । जसका कारण हिलारीको चुनावी अभियानमा समेत असर परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर