रित्तो रंगशालामा बराबरीमा रोकियो रियल मड्रिड

रित्तो रंगशालामा बराबरीमा रोकियो रियल मड्रिड

karim-benzemaकाठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिजिया वार्सोले रियल मड्रिडलाई बराबरीमा रोकेको छ ।

स्पेनिस जाइन्ट रियल मड्रिड र पोल्याण्डको क्लब लिजियाबीच बुधबार राति भएको खेलमा रंगशाला पुरै खाली थियो ।

लिजियाको घरेलु मैदानमा भएको अघिल्लो खेलमा समर्थकहरुले उपद्रो मच्चाएपछि यो पटक ढोका बन्द गरेर खाली रंगशालामा खेलाइएको हो ।

खेल सुरु भएको ५७ औैं सकेन्डमा नै गोल गर्दै रियल मड्रिडका ग्यारेथ बेलले नयाँ रेकर्ड बनाए । च्याम्पियन्स लिग फुटबलको इतिहासमा यो नै सबैभन्दा छिटो भएको गोल हो ।

२० औं मिनेटमा करिम बेन्जिमाले अग्रता दोब्बर पारे । तर, पहिलो हाफ सकिन ५ मिनेट बाँकी छँदा भाडिस ओदजिडज ओफाईले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए ।

५८ औं मिनेटमा राडोभिकले गोल गर्दै खेललाई बराबरीमा पुर्याए भने ८३ औं मिनेटमा मुलानले गोल गर्दा लिजिया वार्सो ३–२ को अग्रता लिन सफल भयो । तर त्यसको दुई मिनेटपछि नै कोभासिसले गोल गरे र खेल ३–३ गोलको बराबरीमा सकियो ।

बराबरीपछि रियलले नकआउट चरणमा पुग्नका लागि थप एक खेल खेल्नुपर्ने भएको छ । समूह एफमा बोरुसिया डर्टमुण्ड १० अंकसहित शीर्ष स्थानमा छ भने रियलको ८ अंक भएको छ ।