काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षाका लागि भन्दै सरकारले आज पनि काठमाडौंका विभिन्न सडकहरु खाली गराउने भएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीले आज पशुपतिनाथको दर्शनका साथै विशेष पूजाआजा गर्ने कार्यक्रम छ । बिहान १० बजेको समयमा पशुपतिनाथ जाने कार्यक्रम रहेकाले ९ बजेदेखि नै मुखर्जी पशुपतिनाथ पुग्ने सडकलाई खाली गरिएको छ ।
बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रका सडक खाली गरिने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
आजै बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल, नागस्थान र नयाँ सडक क्षेत्र खाली गरिने छ । सर्वसाधारणा यात्रुले सो स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने प्रहरीले जनाएको छ ।
त्यस्तै अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रको सडक खाली गरिनेछ । उक्त क्षेत्रमा आवतजावत गर्ने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै आजै साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रको सडक खाली गरिनेछ ।
आजै साँझ साढे ६ देखि बेलुकी साढे ८ सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शंखमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
यस्तै बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा भारतीय राष्ट्रपतिको सवारी हुने भएकाले त्यस क्षेत्रको रुट भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु पर्नेछ ।