काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार लोकराज जैसीसहित तीन जनालाई प्रहरीले रिहा गरेको छ ।

मुखर्जी भ्रमणका क्रममा समाचार संकलनका लागि पुगेका जैसीलाई विमानस्थलको गेट नजिकै कालो झण्डा देखाउन बसेका ग्रेटर नेपालका फडिन्द्र नेपालको टोलीको फोटो खिच्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरी पत्रकार मोहन बास्तोला र रामचन्द्र खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो । आफू पत्रकार भएको जानकारी गराउँदा गराउँदै पनि प्रहरीले उनीहरुलाई जबरजस्ती पक्राउ गरेको हो ।

यसैबीच क्रान्तिकारी पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका नाममा गरिएको ज्यादतीको घोर निन्दा र भत्र्सना गरेको छ ।

महासंघका महासचिव केशरमणि कटुवालले एक विज्ञप्ति जारी गर्दै कुनै पनि राष्ट्रका राष्ट्रप्रमुख या उच्च ओहदाका व्यक्तिको भ्रमणका क्रममा सुरक्षा व्यवस्था सामान्य रुपमा कडा बनाईनु ठीकै भएपनि ज्यादतीले कानुनी राज्यको उपहास भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर