काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको समारोहमा अनुपस्थित भएका छन् ।

पूर्वप्रधानमन्त्री भएको नाताले दूतावास धाउनुहुन्न भन्ने मान्यतासहित ओली सो समारोहमा सहभागी नभएको ओली निकट स्रोतले जनाएको छ ।

भारतीय दूतावासले लैनचौरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा.बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, एमाले उपाध्यक्ष भिम रावल, संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरालगायतका नेताहरु भने सहभागी भएका थिए ।

लैनचौरको कार्यक्रममा सहभागी नभएका ओली राष्ट्रपति विद्या भण्डारीले आयोजना गरेको रात्रीभोजमा भने सोल्टी होटल पुगेका थिए ।
एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल भने भियतनाम र जापानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर