प्रिमियर लिगमा चेल्सीको सहज जित, एभर्टनले वेस्ट ह्यामलाई हरायो

प्रकाशित मिति : २०७३ कार्तिक १५

chelseaकाठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार चेल्सीले साउथ हृयाम्पटनमाथि सहज जित हात पार्दै उपाधी होडमा आफ्नो बलियो दाबेदारी पेश गरेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले साउथ हृयाम्पटनमाथि २–० को जित निकाल्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।

साउथ हृयाम्पटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले छैटौं मिनेटमा नै इडेन हजार्डको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा डिएगो कोष्टाले चेल्सीको अग्रता दोब्बर पारे ।

जितसँगै चेल्सीको १० खेलबाट २२ अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीको २३ अंक रहेको छ ।

यसैगरी आर्सनल र लिभरपुलको पनि समान खेलबाट २३ अंक रहेको छ र गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अाइतबार राति नै भएकाे अर्काे खेलमा एभर्टनले वेस्ट ह्यामलार्इ २–० ले नै हराएकाे छ ।