ओबामाले व्हाइट हाउसमा यसरी मनाए दीपावली

ओबामाले व्हाइट हाउसमा यसरी मनाए दीपावली

obama_dipawaliएजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा नै दीपावली मनाएका छन् ।

ओबामाले सरकारी निवासमा दीपावली मनाएको तस्बिर आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेका छन् ।

उनले तस्बिर पोस्ट गर्दै भनेका छन्, ‘अमेरिका र संसारभरमा उज्यालोको पर्व मनाईरहेका सबैमा दीपावलीको शुभकामना ।’

ओबामाले आफू दीपावली मनाउने पहिलो राष्ट्रपति बनेकोमा गर्व लागेको बताएका छने । उनले पत्नी मिसेल ओबामाका साथमा पहिलो पटह सन् २००९ मा राष्ट्रपति भवनमा दीपावली मनाएका थिए ।

उता न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो पटक दीपावदीका अवसरमा सजाइएको छ । राष्ट्रसंघ मुख्यालयमा ‘ह्याप्पी दीपावली’ लेखिएको थियो ।

यस्तै अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पकी बुहारीले भर्जिनियामा हिन्दू समुदायसँग दीपावली मनाएकी छन् ।