भोजपुर । धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको जीप शुक्रबार साँझ दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
जीप सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राई र सुनसरीकी ४५ बर्षिया सुशिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भईरहेको छ ।