आलोचना र आत्मालोचना पार्टी निर्माणलाई वैचारिक ढङ्गले बलियो बनाउने, एकतालाई सुदृढ गर्ने र लड्ने क्षमताको बृद्धि गर्ने तीखा हतियार हुन । वस्तुतः पार्टीभित्र अन्तरविरोधहरु रहन्छन् । ती समाजमा रहेका वर्गीय अन्तरविरोधहरु र नयाँ तथा पुरानाको बीचमा रहेका अन्तरविरोधहरुको पार्टीमा पर्ने प्रतिविम्ब हुन् । आलोचना र आत्मालोचना अन्तर–पार्टी संघर्ष चलाउने र अन्तर–पार्टी अन्तरविरोधहरुको समाधान गर्ने आधारभूत विधि हुन् । समाजवादको पूरा ऐतिहासिक अवधिभरि समाजमा वर्गहरु, वर्गीय अन्तरविरोधहरु र वर्ग संघर्ष रहि रहन्छन् र बुर्जुवा तथा अरु शोषक वर्गका पुराना विचार, संस्कृति र बानी व्यहोराहरुले हाम्रो पार्टीका सदस्यहरुमा प्रभाव पार्दछन् र हरेक दिन र हरेक मिनटमा तिनका शरीर कोपरीरहन्छन् । बुर्जुवाका राजनीतिक फोहर र किटाणुहरुले हाम्रो पार्टीको शरीरमा फैलाएका संक्रमणसँंग लड्न र बुर्जुवा तथा अन्य शोषक वर्गका विचारबाट पार्टी सदस्यहरुमा हुने विकृत्ति रोक्न हामीले सक्रिय वैचारिक संघर्ष संचालन गर्नु पर्दछ र सर्वहारावादी विचारले सबै गैरसर्वहारावादी विचारलाई पराजित गर्नु पर्दछ । अन्तर–पार्टी संघर्ष सही विधिद्वारा नियन्त्रित हुनु पर्दछ । जनताका बीचमा वैचारिक समस्या रहेको स्थितिमा हामीले अपमान गर्नु हुँदैन न त मुड्की बजार्न र हतियार प्रयोग गर्न नै हुन्छ । यस्ता विवादहरु मिलाउन हामीले, छलफल, प्रोत्साहन, आलोचना र आत्मालोचनाको विधि मात्र अपनाउनु पर्दछ । आलोचना र आत्मालोचना सकारात्मक कुराहरु विकास गर्न, कमीकमजोरीलाई हटाउन, गल्तीहरु सच्याउन र यसरी सही कार्यदिशाका आधारमा पार्टीको एकता र सुदृढीकरणलाई मजबुत पार्न प्रयोग गरिएका छन् भन्ने कुरामा निश्चित हुनु पर्दछ ।
वैचारिक हिसाबले आलोचना र आत्मालोचना “बासीलाई छाड्न र नयाँंलाई लिन” र तिनीहरुको विश्व दृष्टिकोणलाई नवीकरण गर्न प्रयोग गरिने कम्युनिष्टहरुका हतियार हुन् (१६२) । हाम्रो पार्टीका सदस्यहरुको विभिन्न वर्गस्रोत रहेको, जनताका विभिन्न तहबाट आएका र तिनीहरु वर्गीय समाजमा रहेका हुनाले बुर्जुवा विचार र पुरानो बानी–व्यहोराले पार्टी सदस्यलाई निरन्तर प्रभाव पारी रहन्छ र आम पार्टीलाई कोपरीरहन्छ । धेरै कमरेडहरुको दिमागमा केही न केही मात्रामा गैरसर्वहारा विचारहरु रहिरहन्छन् । आलोचना र आत्मालोचनाको हतियारलाई पक्डेर र “वासीलाई छाडन र नयांँलाई लिन” कडा मेहनत गरेर मात्र हामीले विभिन्न गैरसर्वहारा विचारलाई सायद पराजित गर्न सक्छौं र बुर्जुवा तथा अन्य सबै शोषक वर्गका विचारबाट पैदा हुने विकृत्तिलाई रोक्न सक्छौं । त्यस बाहेक, वस्तुगत जगतमाथिको हाम्रो ज्ञान अनिवार्यतः सीमित हुने हुनाले काम गर्ने क्रममा कमीकमजोरी र गल्तीहरु नगर्न गाह्रो छ । काम गर्ने क्रममा हुन जाने गल्ती कमजोरीलाई उदाङ्गो पार्नका लागि आलोचना र आत्मालोचनाको निरन्तर गरिने अभ्यासले हामीलाई आदर्शवादलाई नामेट पार्न र अगाडि बढिरहनका निम्ति हाम्रा अनुभवहरुको समीक्षा गर्न सक्ने बनाउने छ । यसले हामीलाई राम्रो काम गर्न र पार्टी तथा जनतालाई थप योगदान पु¥याउन सक्ने बनाउने छ ।
अध्यक्ष माओले सधैं आलोचना र आत्मालोचनालाई निकै महत्व दिने गर्नुभएको छ । पार्टीमा गलत विचारहरुलाई सच्याउने बारे भन्ने लेखमा वहाँंले औल्याउनु भएको छ, “अन्तर–पार्टी आलोचना पार्टी संगठनलाई बलियो बनाउने र यसको लड्ने क्षमतालाई बृद्धि गर्ने हतियार हो ।” (१६३) येनानमा १९४२ मा चलाइएको सुद्धिकरण आन्दोलन एउटा माक्र्सवादी शिक्षाको चौतर्फी आन्दोलन थियो, साथै ठूलो आलोचना र आत्मालोचनाको आन्दोलन थियो । पुरा देशको मुक्ति पछि, हाम्रो पार्टीले पुनः थुप्रै सुद्धिकरण आन्दोलनहरुको नेतृत्व ग¥यो । महान सर्बहारा सांँस्कृतिक क्रान्तिको बेला लार्खौलाख जनताले सत्तामा रहेर पुँजीवादी बाटो समातेका पार्टीका मुठ्ठीभर व्यक्तिहरुको मुकुण्डो उतार्न आफ्ना विचारहरु राख्ने, ठूला अक्षरका पोस्टरहरु टाँंस्ने, महत्वपूर्ण बहसहरु चलाउने र क्रान्तिकारी अनुभवहरुको आदान–प्रदान गर्ने जस्ता हतियारहरु प्रयोग गरे । (१६४) त्यसरी, तिनीहरुले लिउ शाओची र लिन पियाओद्वारा नेतृत्व गरिएका दुई पँुजीवादी मुख्यालयहरुलाई ध्वस्त पारे र कामका क्रममा हुनगएका आफ्ना गल्ती र कमीजोरीहरुको भण्डाफोर तथा आलोचना गरे, यसरी पार्टीको एकता बलियो भयो । लिन पियाओलाई आलोचना गर्ने र कार्यशैली सुधार्ने आन्दोलन र लिन पियाओको पार्टीविरोधी गुटका प्रतिक्रान्तिकारी अपराधहरु र संशोधनवादी भ्रमहरुको गहिरो आलोचनामार्फत् सम्पूर्ण पार्टी सदस्यहरुले दुई–लाईन संघर्षमा धरै अनुभव आर्जन गरे, आलोचना तथा आत्मालोचनाको अभ्यास सम्बन्धी चेतना माथि उठाए र यो प्रक्रियाबाट पार्टीको आलोचना र आत्मालोचना गर्नेे गौरवशाली परम्परा वलियो हुन गएको छ ।
आलोचना र आत्मालोचनालाई ठीक ढङ्गले संचालन गर्न हामीले सबैभन्दा पहिला “एकता–आलोचना–एकता”को सिद्धान्तलाई निष्ठापूर्वक लागु गर्नु पर्दछ । यसको अर्थ हामीले एकताको चाहनाबाट सुरु गर्नु पर्दछ, आलोचना र संघर्षको माध्यमबाट सही तथा गलतका बीचमा स्पष्ट अन्तर गर्नु पर्दछ र यो नयांँ आधारमा नयांँ एकतामा पुग्नु पर्दछ भन्ने हो । आलोचना र आत्मालोचना संचालन गर्दा हामीले दुई गलत दृष्टिकोणका विरुद्ध लड्नु पर्दछ≤ पहिलो हो गल्ती कमजोरीको आलोचना नगरी वा त्यससंँग संघर्ष नगरी एकताको मात्र कुरा गर्ने । यो प्रवृत्तिका कमरेडहरु अन्तविरोधबाट जोगिन खोज्छन् । संघर्ष हुंँदा हँुदै पनि तिनीहरुले आफ्नो मुख बन्द गर्दछन्, गलत विचार सुन्दा पनि खण्डन गर्दैनन् र पार्टीलाई नोकसान पु¥याउने कामको विरोध गर्दैनन्ः “परिस्थिति जस्तोसुकै भएपनि थप जटिलताबाट जोगिनका निम्ति तिनीहरुले कुनै अडान लिन्नन् ।” “चलाख बुढो मान्छे”ले जस्तै यस्तो व्यवहार गर्ने कुरा नितान्त गलत हो । दोस्रो प्रवृत्ति हो– गल्ती गर्ने कमरेडहरुसंँग एकता गर्नै नचाहने आलोचना र संघर्षको मात्र कुरा गर्ने । यो प्रवृत्ति भएका कमरेडहरुले हतारमा निर्णय लिन्छन् र मनपरी आरोप लगाउछन् । यो विधिले समस्याको समाधान नगर्न मात्र होइन, बरु यसले व्यक्तिगत रुपमा ती कमरेडहरुलाई र पार्टी एकतालाई समेत नोक्सान पु¥याउंँछ । अध्यक्ष माओले हामीलाई सिकाउनुभएको छ, “भनाईहरु तथ्यमा आधारित हुनुपर्दछ र आलोचना राजनीतिमा केन्द्रित हुनुपर्दछ ।” (१६५) आलोचना र आत्मालोचना गर्दा हामीले तथ्यबाट सत्य खोज्नुपर्दछ जनतालाई कारणसहितका तर्कहरुबाट विाश्वास दिलाउनुपर्दछ, हामीले यो नियमित रुपमा र छिटो गर्नुपर्दछ, समस्या थुप्रिने गरी, अत्यन्त गम्भीर हुने गरी र सबैलाई एकै चोटी समाधान गरौला भनी पर्खिनु हँुदैन । यो विधि अनुसार जाने हो भने धेरै क्षति हुन सक्छ, जब कि छिटै हस्तक्षेप ग¥यो भने क्षतिलाई कम गर्न सकिन्छ । आलोचना र आत्मालोचनाको हतियारलाई प्रयोग गरेर हामीले संगठनको समग्र जीवनलाई गहिरो गरी सुद्धिकरण गर्नुपर्दछ ताकि पार्टीको संगठनात्मक जीवन गतिशिल होस् । सबै तहका पार्टी संगठनका नेतृत्वदायी कमरेडहरु साधारण सदस्यहरुले जस्तै संगठनको जीवनमा सहभागी हुनुपर्दछ, तिनीहरुले अरु सदस्यहरुको विचार र आलोचनालाई नम्र भएर सुन्नुपर्दछ, नियमित रुपमा आत्मालोचना गर्नुपर्दछ र संभव भएसम्म राम्रो काम गर्न प्रयत्न गर्नुपर्दछ ।
आलोचना र आत्मालोचनालाई सही तरिकाले चलाउन आलोचना गर्नेहरुले “जानेको जति नअडकलिकन भन” भन्ने सिद्धान्त लागु गर्नुपर्दछ, सुझावहरु छन् भने सुझावहरु दिनुपर्दछ, गल्ति कमजोरी देखियो भने आलोचना गर्नुपर्दछ । साथै, तिनीहरुले आफ्नो प्रवृत्ति, विधि तथा परिणामलाई सतर्कतापूर्वक ध्यान दिनुपर्दछ । आलोचना गरिनेहरुले पार्टीको उद्देश्यलाई दिमागमा राख्नुपर्दछ र “बोल्नेलाई दोष नदेऊ तर उसका शब्दहरुबाट सचेत होऊ” र “गल्ति गरेको भए सच्याऊ र छैनौ भने त्यसका विरुद्ध आफूलाई रक्षा गर र अरुले गरेका आलोचनालाई नम्रता पूर्वक ध्यान दिएर सुन” भन्ने सिद्धान्तअनुसार चल्नुपर्दछ । हामीले सत्यलाई स्वीकार्न हिम्मत गर्नुपर्दछ र गल्ती सच्याउनु पर्दछ । आलोचना जस्ले सुकै गरेको भए पनि त्यो सही छ भने त्यसलाई स्वीकार्नु पर्छ । अरुले गरेको आलोचना वास्तविकतासँंग मेल खांदैन भने अथवा विश्लेषण वा आलोचना सचेत तरिकाले गरिएको छैन भने पनि हामीले त्यसलाई धैर्यतापूर्वक सुन्नु पर्दछ, राम्रो जतिलाई ग्रहण गर्नु पर्दछ, आलोचकलाई दोष लगाउनु हँुदैन र यसलाई आलोचना अस्वीकार गर्ने बहाना बनाउनु त झन हुँदै हँुदैन । कसैले चिप्लो घसेर बोल्दा खुसी हुनु हँुदैन, कसैले आलोचना गर्दा रिसाउनु हुन्न न त “बाघलाई पछाडि कसैले छुन हुन्न” भने झैं गरी व्यवहार गर्नु नै हुन्छ । गल्ति गरेपछि कसैले आलोचना गर्दा कोही कमरेडहरुले त्यसबाट सकारात्मक हिसाबले शिक्षा लिन कोशिस गर्दैनन्, बरु अब “शीर ठाडो गर्न” नसकिने भो भन्ने सोच्छन्, निष्कृय हुन्छन् र काममा अरुची राख्छन् भने यसले अघिल्ला गल्तीहरुमा अरु गल्ती थप्ने मात्र काम गर्दछ । आलोचित हुने कमरेडहरु जसले आलोचनाप्रति दावा गर्छन् र आलोचना गर्नेहरुमाथि बदला लिन खोज्छन्, त्यो पार्टी अनुशासनले नदिएको कुरा गर्नु हुनजान्छ, हामीले यसको दृढतापूर्वक विरोध गर्नुपर्दछ । पार्टी कार्यकर्ताहरु आफैप्रति कठोर हुनु पर्दछ, जनता र पार्टी सदस्यका निम्ति नमुना बन्न सक्नुपर्दछ । कसैलाई आलोचना गर्दा तिनीहरुले सिद्धान्तलाई पक्डिनु पर्दछ, तर विधिमा पनि ध्यान दिनु पर्दछः अनुसन्धान गर्नुपर्छ, तथ्यबाट सत्यको खोजी गर्नुपर्छ, कहिल्यै हल्काढङ्गले अथवा हल्लाको भरमा वा विनाकारण कसैलाई आरोप लगाउनु हुँदैन । पार्टी सदस्य तथा जनताले गरेको आलोचनाका क्रममा कार्यकर्ताहरु विशाल सर्वहारावादी मनको हुनु पर्दछ, तिनलाई विनम्रतापूर्वक सुन्नु पर्दछ, अरुका सुझावबाट निस्कर्ष निकाल्नु पर्दछ, त्यसबाट आफ्नो राजनीतिक शिक्षाका निमित्त विषय निकाल्नु पर्दछ, गल्ती कमजोरीलाई सच्याउनु पर्दछ र आफ्नो काम राम्रोसँंग गर्नुपर्दछ ।
आलोचना र आत्मालोचना गर्न हामीले आफैलाई राम्ररी “चिरफार” गर्नु पर्दछ । अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छ “संसारलाई बदल्नका निम्ति सर्बहारा वर्ग र क्रान्तिकारी जनताको संघर्षले निम्न कार्यभार पुरा गर्नु पर्दछ ः वस्तुगत जगतलाई बदल्न, तिनीहरुको आफ्नै आत्मगत जगतलाई पनि बदल्नु पर्दछ, ज्ञान क्षमता बदल्न वस्तुगत र आत्मगत जगतको सम्बन्धलाई बदल्नु पर्दछ ।” (१६६) हाम्रो आफ्नै आत्मगत जगतलाई बदल्न हामीले आफैलाई राम्ररी “चिरफार” गर्नु पर्दछ । सबै बस्तुहरुमा, एकको दुईमा विभाजन हुन्छ । (१६७) यो हामी आफैमा पनि सत्य हो, हामीले हाम्रो आफ्नो क्षमता तथा उपलब्धिलाई ख्याल गर्नु आवश्यक हुन्छ, हामीले हाम्रा सिमा तथा कमजोरीलाई पनि दिमागमा राख्नु पर्दछ । हामीले हाम्रा कमीकमजोरी र गल्तीहरुलाई नियमित रुपमा परीक्षण गरेर मात्र हामी कम्युनिष्ट पार्टीका सदस्यहरुले विवेकपूर्ण र नम्र कार्यशैली जोगाउन सक्छौं र हामीले आफ्नो वास्तविक मूल्य थाहा पाउन सक्ने गरी आफैलाई राम्रोसँंग बुझ्न सक्छौं । हामीले आफैलाई चिनेनौं भने आफैमा एकको दुईमा विभाजन हुन्छ भन्ने सिद्धान्त लागु गर्न सक्दैनौ, यदि हामीले आफ्ना उपलब्धि मात्र देख्यौं र कमजोरी देखेनौ भने हामी क्रमशः अन्धतातिर जानेछौं । यदि हामीले हाम्रा आफ्नै कमी कमजोरी र गल्तीलाई राम्ररी विश्लेषण गरेनौ र निर्मूल पारेनौं भने हामीले आफैलाई र क्रान्तिलाई नोक्सान पु¥याउने छौं । नियमित र सचेत ढङ्गले आलोचनाको अभ्यास गरेर मात्र हामी आफ्नो प्रसंशा हुँंदा पनि अहंकारी हुनबाट बच्ने छौं, जित हातपार्दा पनि कमजोरीहरुलाई सम्झने छौं, सफल हँुंदा घमण्डी हुने छैनौं न त असफल हुंँदा निराश नै हुने छौं, क्रान्तिकारी संघर्षको निम्ति सँधैं स्पष्ट विचार, क्रान्तिकारी स्पिरिट र प्रचूर ईच्छाशक्तिले भरिपूर्ण रहने छौं र निरन्तर क्रान्तिको बाटोमा कहिल्यै नरोकिईकन र नाम अनुसार आफैलाई सर्बहारा वर्गको अग्रज बनाउनका निम्ति आफैलाई प्रशिक्षित गर्न सक्षम हुनेछौं ।
(चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाइ पुस्तकबाट)