
गाउँमा बज्दा बज्दैको
मादल खरी झरेपछि
सम्झिने नाम रहेछ
बुद्धिमान
जब तिहार आउँछ
भैलेनीसँग घन्किदो रहेछ
बुद्धिमानको सीप
आवाजसित मिसिएर
परिश्रमले बाँधेको त्यो खरी र तुनामा
झुण्डिएको हुँदोरहेछ
गैराघरे आँगनमा
तथापि, झै त्यो भञ्ज्याङगे
दाजैले छुवाछुत खेपिरेछ
पुर्खाले दिएको कमाइ र
स्टालिनले हल्लाएको संसार
विचित्रको फरक छ
यहाँ उ अझै विष्टलाई साहेव
नभनी सायद खाको
पचिन्न झै मान्छ
मैले भोगेको छु बाझे डाँडाँमा फलेको
प्रख्यात थुप्रे
र उसले बुनेको मादल
थुप्रैले घन्काइदिएका छन्
सुमधुर आवाज निकालेर
आज परलोक भएपनि
अनकै जस्तो सीपहरु जीवित
म सार्की मान्दिनँ
र दमाई र कामी भन्दिनँ
र यो आधुनिक जमानाको
हुलियासित उसको श्रमको मूल्य
अपच हुन दिनु हुन्न
अब उठ बुद्धिमान
श्रमको मूल्य खोज
श्रमका शत्रुविरुद्ध जुट
तिम्रो खुन सुकाएर
सार्की बन्न बाध्य तुल्याउने
विरुद्ध उभिएर
मुक्तिको सगरमाथा रोप्न उभ
र उज्यालो विहान ल्याउन
प्रेरक बनेर जिउन
जहाँ त्यो तिम्रो मिलनको
जिउँदो इतिहास सबले पढ्नेछ
र म पनि लेख्न सिकाइरहनेछु
तिम्रो पछिको पुस्ताहरु हुर्काउन
–१२ कात्तिक, २०७३