युनाईटेडले लियो सिटीसँग बदला, चेल्सी वेष्ट ह्यामसँग पराजित

युनाईटेडले लियो सिटीसँग बदला, चेल्सी वेष्ट ह्यामसँग पराजित

juan-mataकाठमाडौं । जुवान माटाले गरेको निर्णायक गोलको मदतमा म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गर्दै ईएफएल कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले साविकको विजेता सिटीलाई १–० ले हराएको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडका लागि माटाले ५४ औं मिनेटमा गोल गरे । त्यसअघि युनाइटेडका पाउल पोग्बा गोल गर्न चुकेका थिए ।

जान्टन इब्राहिमोभिचको पासमा उनको प्रहार सिटीका गोलकिपरले क्लियर गर्ने क्रममा पोष्टमा लागेर बाहिरिएको थियो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोलीमा नौं परिर्वतन गरेका थिए र तर, जित निकाल्न सकेनन् । उनले सबै प्रतियोगितामा गरी पछिल्लो ६ खेलमा जित हात पार्न सकेका छैनन् ।

यस्तै चेल्सीलाई हराउँदै वेष्ट ह्याम पनि लिग कप फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा वेष्ट ह्यामले चेल्सीलाई २–१ ले हराएको हो ।

वेष्ट ह्यामको जितमा केइकाओ कोयाट र एडिमेल्सन फर्नान्डेसले गोल गरे । चेल्सीका लागि ग्यारी काहिलले एक गोल फर्काए । यस्तै अर्को खेलमा सन्डरल्याण्डलाई १–० ले हराउँदै साउथह्यामप्टनले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।