मानवजातिको इतिहासको निर्माणमा जनसमुदाय, व्यक्तिहरु र नेताहरु सबैको भूमिका हुन्छ । परन्तु यसमा जनसमुदायकै निर्णायक भूमिका हुन्छ । व्यक्तिहरु जनसमुदाय कै इकाई हुन् र नेताहरुको जन्मदाता पनि जनसमुदाय नै हुन् । त्यसैले मानवजातिको इतिहासको निर्माता जनसमुदाय नै हुन् ।
उसो भए प्रश्न उठ्छ के जनसमुदायले, अथवा व्यक्तिहरुले स्वतन्त्र इच्छाका आधारमा इतिहासको निर्माण गर्न सक्तछन् ? यसको जवाफ छ– सक्तैनन् किनकि इतिहास नियम शासित छ, जब मानिसले इतिहासका नियम बुझ्न सकेका हु“दैनन्, त्यो बेला पनि उनीहरुले ती नियम अनुरुप नै इतिहासको निर्माण गरेका हुन्छन् । जब उनीहरु ती नियम बुझ्न सफल हुन्छन् , त्यो बेला उनीहरुले सचेत ढंगले इतिहासको निर्माण गर्दछन् । अपितु त्यो बेला पनि उनीहरु ती नियमलाई नाघेर केही गर्न सक्तैनन् । ठीक त्यसैकारण हामीले इतिहासमा जनसमुदाय, व्यक्तिहरु र नेताहरुले खेल्ने भूमिकामाथि ध्यानदिन जरुरी हुन्छ ।
जनसमुदाय इतिहासका निर्माता हुन् । किनकि उनीहरु आफ्नो जीवनको उत्पादन र पुनरुत्पादन स्वयं गर्दछन् । उनीहरु सामाजिक–आर्थिक अवस्थामा आबद्ध रहेका हुन्छन् । उत्पादन पद्धतिमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध हुन्छन् । उत्पादन सम्बन्ध भनेको मानिसको प्रकृति र मानिसको तथा मानिसहरुबीचको आपसी सम्बन्ध हो । उत्पादक शक्तिअन्तर्गत मानवीय श्रम, श्रमका विषय र औजार आउ“छन्, तिनमा मानवीय श्रमको भूमिका प्रधान र निर्णायक हुने गर्दछ । यसरी मानवीय श्रम–शक्तिको प्रधान र निर्णायक भूमिका हुनु कै कारण इतिहासको निर्माता जनसमुदाय, श्रमजीवि जनसमुदाय नै हुन पुग्दछ । तर यहा“नेर ध्यानदिन योग्य कुरा के छ भने मानव समुदाय वा कुनै पनि व्यक्ति, समाज विशेषको रुप चुन्नु स्वतन्त्र छैन, किनकि समाजको रुप मान्छेहरुको स्वतन्त्र इच्छामा न भै उत्पादक शक्तिहरुको स्थिति र विकासमा आधारित रहेको हुन्छ । हामी यसैलाई आर्थिक परिस्थितिस“ग आबद्ध ऐतिहासिक आवश्यकता भन्दछौं । माक्र्सको भनाइमा– समाज मानिसहरुको अन्योन्य क्रियाको फल हो, अवश्यै हो, तर ऊ समाजको चाहे जस्तो रुप चुन्नका लागि स्वतन्त्र छैन, मानव आफ्ना उत्पादक शक्तिहरुको स्वाधीन चयन कर्ता बन्न सक्तैन, किनकि प्रत्येक उत्पादक शक्ति आर्जित शक्ति हुन्छ । त्यसैले माक्र्स भन्नुहुन्छ– “आउने वाला पिंढी आफूभन्दा पहिलेको पिंढीद्वारा अर्जित ती उत्पादक शक्तिहरुको आफूलाई आधिकारी पाउ“छ, जुन उसका लागि नयाँ उत्पादनका कच्चा मालको काम गर्दछन्, मानव इतिहासमा तारतम्यता पैदा हुन्छन् । मानवजातिको इतिहासको निर्माण एक हुन्छ । अतः अनिवार्यतः के निष्कर्ष निस्कन्छ भने मान्छेको सामाजिक इतिहास उनीहरुको व्यक्तिगत विकासको इतिहासबाहेक अरु केही होइन, भलै उनीहरुलाई यस कुराको चेतना होस् या न होस् । उनीहरुको भौतिक सम्बन्ध उनीहरुको सम्पूर्ण सम्बन्धहरुको आधार हो । यी भौतिक सम्बन्ध ती आवश्यक रुप मात्र हुन्, जसमा उनीहरुका भौतिक र व्यक्तिगत कार्यकलाप चरितार्थ हुन्छन् ।”१ माक्र्सवादी राजनीतिक अर्थशास्त्र र ऐतिहासिक भौतिकवादको ठीक यसै कारण के मान्यता रहेको छ भने यस प्रकारको इतिहास विज्ञान– पू“जीवादी अर्थशास्त्री र इतिहासकारहरुको जस्तै वस्तुहरुको सम्बन्धको होइन, मानव सम्बन्ध र त्यसको विकास प्रक्रियाको अध्ययनलाई आफ्नो विषयवस्तु बनाउने गर्दछ ।
जनताले आफ्नो इतिहासको निर्माण कसरी गर्दछन् । नेताहरु कसरी पैदा हुन्छन्, मानिसका स्वतन्त्र इच्छा र आर्थिक परिस्थितिबीच के सम्बन्ध छ ? यी प्रश्नहरुको जबाफ– आवश्यकता र आकस्मिकताको नियममाथि ध्यानदिंदै–एंगेल्स यसरी दिनुहुन्छ– “मनुष्य आफ्नो इतिहासको रचना स्वयं गर्दछन्, परन्तु अहिलेसम्म उनीहरु यस्तो सामूहिक संकल्पका साथ, सामूहिक योजनाअनुसार गर्न सक्तैनन् , यहा“सम्म कि एक निश्चित, परिसीमित समाज विशेषमा पनि गर्न सक्तैनन् । उनका आकांक्षाहरु एक अर्कास“ग टक्कराउ“छन् , र यस कारण यस्को प्रत्येक समाज आवश्यकताद्वारा शासित हुन्छ, जसको पूरक तथा प्रतीयमान रुप आकस्मिकता हुन्छ । यहा“ जुन आवश्यकता समस्त आकस्मिकताहरुमाथि हावी हुन्छ, त्यो अन्ततः आर्थिक आवश्यकता नै हुन्छ । र, यही तथाकथित महापुरुषहरुको चर्चा आवश्यक हुन जान्छ । यो कुरा कि देश विशेषमा, काल विशेषमा अमुक व्यक्ति प्रकट हुन्छ र अर्को होइन, निःसन्देह आकस्मिकता हो । तर त्यसलाई अलग गरिदिनुहोस् अनि त्यसको ठाउ“मा अर्काको माग हुन्छ र त्यो दोस्रो व्यक्ति पाइन्छ– त्यो असल होस् र खराब, तर अन्तमा पक्कै पाइन्छ । नेपोलियन नै, ठीक त्यो कोर्सिका निवासी नै त्यो फौजी तानाशाह बन्यो, जसको अविर्भावलाई आफ्नै लडाईंहरुबाट थकित जर्जर फ्रन्सीसी जनतन्त्रले आवश्यक बनाइदिएको थियो, यो आकस्मिकताको कुरा थियो, परन्तु यदि एउटा नेपोलियन हु“दैनथ्यो भने त्यस अभावको पूर्ति अर्को नेपोलियनले गथ्र्यो, यसको प्रमाण के हो भने जुन व्यक्तिको आवश्यकता पैदा भयो, त्यो पाइयो पनि, जस्तै सीजर, आगस्टस, क्रामबेल, आदि । यदि माक्र्सले इतिहासको भौतिकवादी अवधारणाको खोज गर्नुभयो भने त्येर्री, मिन्ने, गीजो र १८५० सम्म सबै अंग्रेज इतिहासकार कुन कुराका प्रमाण हुन् भने यस अवधारणाको खोज हुने वाला थियो र मौर्गनद्वारा यसै अवधारणाको खोजबाट कुन कुरा साबित भयो भने त्यसको समय आएको थियो र त्यसको खोज हुनै पर्दथ्यो ।“२
एंगेल्सका यी भनाइबाट दुई कुरा स्पष्ट हुन्छन्ः पहिलो, इतिहासका निर्माता जनता हुन्, तर तिनले आफ्नो इच्छा अनुसार होइन समाजको आर्थिक आवश्यकतानुसार इतिहासको निर्माण गर्दछन् । दोस्रो, नेताहरुको जन्म इतिहासको आवश्यकता अनुसार हुन्छ, तर अमुक व्यक्ति नेता बन्ने कुरा आकस्मिकतामा आधारित हुन्छ ।
मान्छेका मनमा आउने अनगिन्ति इच्छा–आकांक्षाहरु, लक्ष्यहरु र प्रयोजनहरुका प्रेरकशक्तिहरु जीवनका भौतिक–आर्थिक आवश्यकतास“ग आबद्ध रहेका हुन्छन् र तिनमा देखापर्ने टक्करहरु, द्वन्दहरु, अन्तर्विरोधहरु सम्बन्धित समाजका आर्थिक परिस्थिति र वर्गसंघर्षमा आधारित हुन्छन् । ठीक यसैकारण माक्र्सवादले मान्छेका अनगिन्ति इच्छा, आकांक्षा र प्रेरणाहरुलाई तथा तिनलाई प्रेरित गर्ने प्रेरकशक्तिहरुलाई जीवनको भौतिक आवश्यकता र वर्गसंघर्षका आधारमा ठम्याउने काम गरेको छ । आदिम वर्गविहीन समाजमा वैयक्तिक इच्छा र प्रेरणाहरुको एक सामूहिक मध्यमानको काम जीवनको भौतिक आवश्यकताले गर्दथ्यो भने वर्ग समाजमा जीवनको त्यस प्रकारको भौतिक आवश्यकतामा आधारित वर्गसंघर्षको नियमले गर्दछ । ठीक त्यसै कारण मानव जातिको इतिहासको चालक शक्तिका रुपमा–उत्पादक शक्ति र उत्पादन संबन्ध, आधार र उपरिसंरचनाबीचको अन्तर्विरोध र यिनै अन्तर्विरोधहरुको अभिव्यक्तिका रुपमा वर्ग समाजमा वर्गसंघर्षलाई माक्र्सवादको इतिहास विज्ञानले अंगीकार गर्न पुगेको छ ।
यद्यपि एंगेल्सको भनाइ अनुसार, अहिलेसम्म मान्छेले सामूहिक योजना, संकल्प र सचेत प्रयत्नद्वारा योजनाबद्ध रुपमा इतिहासको निर्माण गर्न सकेका छैनन्, परन्तु जब उनीहरुले इतिहास विज्ञानका नियमहरुलाई समाजको आर्थिक आवश्यकतालाई राम्रोस“ग बुझ्न सक्तछन् त्यो बेला उनीहरु सचेत र योजनाबद्ध ढंगले आफ्नो इतिहासको निर्माण गर्न सक्तछन् । ठीक यहींनेर आवश्यकता र स्वतन्त्रताको नियमले काम गर्दछ । जस्तो कि एंगेल्स भन्नुहुन्छ– “जब समाजले उत्पादनका साधनहरुमाथि अधिकार प्राप्त गर्दछ, त्यो बेला मालहरुको उत्पादन समाप्त हुन्छ र त्यसको साथसाथै उत्पादनगर्नेहरु माथि उत्पादनको प्रभुत्व पनि समाप्त हुन्छ । सामाजिक उत्पादनमा अराजकताको ठाउ“ योजनाबद्ध, सचेतन संगठनले ग्रहण गर्दछ । ….अहिलेसम्म मान्छेको आफ्नो सामाजिक संगठनले प्रकृति र इतिहासद्वारा थोपरिएको एक अनिवार्य आवश्यकताको रुपमा मान्छेको विरोध गर्दथ्यो । अब त्यो स्वयं मनुष्यको स्वतन्त्र कार्यको परिणाम बन्दछ ।….यही त्यो विन्दु हो, जसभन्दा अगाडि मानिसले पूर्ण चेतनाका साथ (आधिकाधिक चेतन ढंगले) आफ्नो इतिहासको स्वयं निर्माण गर्ने छ । यही त्यो विन्दु अहिलेसम्म जुन बाह्य वस्तुजगत शक्तिहरु इतिहासमाथि शासन गर्दै आएका थिए, ती अब स्वयं मनुष्यको नियन्त्रणमा आउ“दछन् । जसभन्दा अगाडि मान्छेले जब कुनै केही सामाजिक कारणहरुलाई गतिमान बनाउने छ, त्यसबेला त्यसका मुख्यतः र निरन्तर बढ्दै गएको मात्रामा अभिप्रेत परिणाम हुने छन् । यो मनुष्यको आवश्यकताको जगतबाट स्वतन्त्रताको जगतमा छलांग हुनेछ ।”३
इतिहासको निर्माणमा जनसमुदाय, व्यक्तिहरु र नेताहरुको भूमिकाको सन्दर्भमा आवश्यकता र आकस्मिकता, आवश्यकता र स्वतन्त्रता बीचको द्वन्दात्मक सम्बन्ध वास्तवमा यही नै हो । यस सन्दर्भमा जनसमुदाय र नेतृत्वबीचको सम्बन्धलाई पनि ठीक ढंगले बुझ्न जरुरी छ ।
लेनिन भन्नुहुन्छ– “खारिएका र प्रतिभाशाली नेताहरु, जसलाई आफ्ना कामको पूरै प्रशिक्षा मिलेको होस् , जुन लामो समयसम्म अनुभव प्राप्त गरिसकेका होऊन र जुन पूर्ण सहयोग एंव तालमेलका साथ काम गर्ने होऊन, का अभावमा आधुनिक समाजमा कुनै पनि वर्गले दृढताका साथ संघर्ष गर्न सक्तैन ।”४ नेता भनेको के हो र त्यसको जनसमुदायस“ग के सम्बन्ध छ ? लेनिन भन्नुहुन्छ– “आम रुपमा र अधिकतर स्थानहरुमा, कमसे कम आधुनिक सभ्य देशहरुमा वर्गहरुको नेतृत्व राजनीतिक पार्टीहरु गर्दछन्, राजनीतिक पार्टीहरुको संचालन प्रायः तिनका सबैभन्दा अधिकमान्य, प्रभावशाली र अनुभवी सदस्यहरुका कमबेशी स्थायी समूह गर्दछन्, जस्लाई पार्टीको सबैभन्दा जिम्मेवार पदहरुमा चुनिन्छ र जुन नेता भनिन्छ ।”५
लेनिनका यी भनाइबाट क्रान्तिका लागि नेतृत्व अनिवार्य रुपले आवश्यक हुने र नेताहरु वर्ग विशेष वा जनसमुदायबाट जन्मिने तथा तिनीहरुको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका अनुभवी तथा आधिकारिक सदस्य हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।
नेताहरु प्रतिगामी र क्रान्तिकारी दुवै वर्गका हुन्छन् । ती सही र गलत दुवै प्रकारका हुन्छन् । जहा“सम्म कम्युनिष्ट आन्दोलनमा नेताहरुको स्थितिको प्रश्न हो, त्यसमा अवसरवादी तथा क्रान्तिकारी दुवै ढंगका नेताहरु हुन्छन् । क्रान्तिकारीहरुले अवसरवादी नेताहरुको विरोध तथा भण्डाफोर र क्रान्तिकारी नेताहरुको सम्मान तथा स्थापना गर्नु जरुरी हुन्छ । (जनादेशको पुरानो अंकबाट)
टिपोटहरुः
१– मा.ए. संकलित रचनाए“, खण्ड–१, भाग–२, पृ. २८५ ।
२– उक्त, खण्ड–३, भाग–२, पृ. ४२४ ।
३– ड्युहरिंग मतखण्डन, पृ. ४५१ ।
४– लेनिन संकलित रचनाए“, खण्ड–२, पृ. १७० ।
५– उक्त, खण्ड–९, पृ. २७४ ।