२४ सोमबार, असोज । २०१७ एसियाली छनोटको दोस्रो खेलमा थाइल्याण्ड र नेपालको प्रतिस्पर्धामा थाइल्यान्डसँग नेपाल तीन विकेटले पराजित बनेको छ । सोमबार भएको एसियाली छनोटको खेलमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो ।
टीन क्वङ रोड रिक्रिएसन ग्रान्ड (मिसन रोड ग्रान्ड) मा टस जितेर ब्याटिङ सुरु गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रनको स्कोर बनाएको थियो । बलिङर फिल्डिङा नेपालले सुधारिएको प्रदर्शन गरेपनि थाइल्यान्डले आठ बल बाँकी छँदै सात विकेट गुमाएर ७७ रन जोड्दै छनोटमा लगातार दोस्रो जित दर्ता ग¥यो ।
ब्याट र बलमा निर्मला शाहीले गरेको प्रदर्शन नेपालको लागि सबैभन्दा सकारात्मक प्रदर्शन रह्यो । उनले नेपालको इनिङ्समा सर्वाधिक ३६ रन जोडेकी थिइन् । उनले ४७ बल सामना गर्दै चार चौका प्रहार गरिन् । सेन्ट्रल रेल्वेमार्फत् भारतमा ६ वर्ष उच्चस्तरको क्रिकेट खेलेकी ३० वर्षीय यी अलराउन्डरले चार ओभरको आफ्नो बलिङ स्पेलमा २ मेडन राख्दै ७ रन दिएर तीन विकेट लिएकी थिइन् ।
सीता मगरले मात्र रनको खाता खोल्न नसकेपनि अरु ब्याटसवुमनको प्रदर्शन पनि गतिलो भएन र उनीहरुले रनको दोहोरो अंक पनि छुन सकेनन् । इन्दु वर्मा, नेरी थापा, रोशनी बोहरा, काजल श्रेष्ठ रनआउट भए । क्रिजमा नेरी फिट देखिएकी थिइनन् ।
सन् २०११ मा भएको एसीसी वुमेन्स ट्वान्टी ट्वान्टी च्याम्पियनसिपको भेटमा २१ रनको जित निकालेयता नेपालले थाइल्यान्डलाई पराजित गर्न सकेको छैन ।