झर्रोटर्रो : देशबासीका नाममा प्रमको सम्बोधन

झर्रोटर्रो : देशबासीका नाममा प्रमको सम्बोधन

kkप्यारा तर अप्ठ्यारा देशबासीहरू !

सर्वप्रथम मुखैमा आएको दशैँ र यसपछि आउने तिहार तथा छठका अवसरमा देशमा र विशेषगरि विदेशमा बस्ने नेपाली जनता जस्ले रेमिट्यान्स पठाएका छन् र यहाँ हामीले हाल हुकुम चलाउन पाएका छौँलाई शुभकामना दिन्चु । साथै हामी सत्तामा बस्नेले गरेका सबै राष्ट्रीय सन्धि सम्झौता जसलाई तपाइँहरू राष्ट्रघाती भन्नुहुन्च प्रति आँखा चिम्लिएर समर्थन गर्ने सद्वुद्धि श्री नवदूर्गा भवानीले प्रदान गरुन् भन्ने सुभेच्छा प्रकट गर्चु । एउटै पार्टीमा बसेर पनि सुप्रिमोका विरुद्धमा अनेकथरी गुट उपगुट निर्माण गरेर अप्ठ्यारो पार्ने, अनेकौँ पदमा बार्गेनिङ गर्ने, पार्टीमा किचलो पैदा मात्रै गर्ने प्रवृत्तिलाई दूर्गामाताले महाकालीको रूप धारण गरेर महिषासुरको वध गरेझैँ यिनीहरूको पनि सत्यानास गरुन भन्ने दस औँला जोडि विन्तिभाउ गर्चु । हिज भूमिगत जीवनका बेलामा धर्मकर्म छोडेको भएता पनि यतिखेर बदलिएको परिस्थिति अनुसार अध्यात्मवाद र भौतिकवादलाई जोड्ने मेरो पहिलादेखिकै मनसाय भएकाले दैदेवता पनि यतिखेर मेरा निम्ति दाइना होऊन भन्ने प्रार्थना गर्चु । जेजसरी हुन्च हे दूर्गेमाता मेरो कुर्चीको आयु चैतबाट अगाडि बढाइदेऊ भन्ने विन्तिभाउ गर्चु । यहाँ त चैत भेटाउनै गारो पर्ला जस्तो भैसक्यो । ‘या दूर्गे सर्व भूतेसु कुर्ची बचाइदेऊ संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ ।

यतिखेर मने देश गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ भन्ने म ठान्चु । यो गम्भीर सङ्कटको सामना गर्न हामी सबै गम्भीर रूपले लाग्न पर्च भन्ने कुरा म देशको प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्चु । मने यतिखेर हामी संविधान कृयान्वयनका क्रममा पनि छौँ । सबै नेपाली जनताले यसलाई गम्भीरतापूर्वक लिनु पर्च भन्ने म गम्भीरतापूर्वक आग्रह गर्चु । यदि संविधान लागू हुन पाएन भने हामी सबैका कुर्ची धरापमा पर्नेवाला छन् । अहिलेको पहिलो प्राथमिकता कुर्ची बचाउनु हो र त्यसका लागि संविधान लागू गर्नु हो । हामीले यो डेढ बर्सभित्र तीनवटा चूनाव सम्पन्न गर्नु पर्च । नत्र हाम्रो यो कुर्ची प्राप्तिको उपलब्धी गुम्नेवाला छ र अर्कैले लैजानेवाला छ । प्रमको हैसियतले मैले नजिकैबाट अनुभूति गरेको छु । त्यो दृश्य देखिरहेको छु । दोस्रो कुरा केही दिन पहिला हामी छिमेकी मित्रराष्ट्रको भ्रमणमा गएका वेला गरिएका २५ बुँदे सहमतिलाई दृढतापूवर्क लागू गर्नु पर्नेछ । यदि त्यो लागू गर्न सकिएन भने हामीले छिमेकीसँग मुख देखाउन पनि लाजमर्ने हुन्च । २५ बुँदे सहमतिलाई सबैले विरोध गरिराख्या छन् । मेरै पार्टीमा पनि एकाधले विरोध गरेर मलाई अप्ठ्यारो पा¥या छन् । यस्ता सन्धि सम्झौता गर्न कति गाह«ो हुन्च भन्ने कुरा सरकार चलाउनेलाई मात्र थाहा हुन्च । राष्ट्र बचाउन खोज्ने हो भने कुर्ची बचाउन गाह«ो हुन्च । राष्ट्र भन्दा कुर्ची ठूलो हो भन्ने म ठान्चु । जमीन त जस्ले लगे पनि यहीँ रहन्च तर कुर्ची गयो भने हामी रहन सक्दैनौँ । नेपालका नदीनाला छिमेकीलाई दिएर के भयो त पानी बग्ने त नेपालमै हो । बगिरहेकै त छन् । बगेको पानी सीमा काटेर उतै गएको छ । उतै जाने पानीलाई हामीले उनीहरूलाई नै हकभोग गर्न दिएर के विरायौँ । हाम्रो सरकार निर्माण गरिदिने पनि त उनीहरू नै हुन् । गुनको वदला नतिरेर के हामी कृतघ्न बन्न सक्छौँ ? विरोध गर्नेहरूले यति कुरा पनि किन बुभ्mदैनन् । सरकार बाहिर हुँदा त हामीले पनि राष्ट्रियताका कुरा उठाएकै त हौँ । असमान सन्धि सम्झौता खारेज गर्नु पर्च भनेर आन्दोलन पनि गरेकै हौँ । तर यतिखेर हामी आपैmँ सरकारमा छौँ । सरकारमा भएका बेला विरोध गर्नु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो प्रहार गर्ने कुरा हो । त्यति मुर्ख त हामी छैनौँ ।

प्रिय रैतीसमुदाय !

गएको बर्स भैँचालाले हाम्रा रैतीहरूलाई निकै सास्ती दियो । यो बर्स फेरि बाढी पहिरो र गाडी दुर्घटनाले निकै ठुलो जनधनको क्षति भएको छ । सामान्य जनको क्षेतिले त खासै फरक पार्दैन । हाम्रो देशमा आधाआकासको सङ्ख्या धेरै नै छ । उनीहरूले अरू जनको जन्म दिइहाल्चन । धनको क्षति र विशिष्टहरूको क्षति पूर्ति गर्न हामीलाई गाह«ो हुन्च । सबै भन्दा दुःखको कुरा त्यो हो । म प्रधानमन्त्री भएदेखि सबै क्षेत्रका पीडित परिवारलाई राहत दिने भनेर निर्णय पनि गरेको छु, तर मलाई अप्ठ्यारो के भएको छ भने विशिष्ट व्यक्तिहरूको उपचार र हाम्रो सरकारी भ्रमणका कारण राज्यको ढिकुटी सकिएकाले उनीहरूलाई पैसा दिन सकिएको छैन । दाताहरूले पनि अनेकौँ बखेडा झिकेर हामीलाई पैसा दिएका छैनन् । रैतीहरूको काम धैर्य गर्ने हो । धैर्य गर्न नछोड्नुस् । हामी नेपालीहरूको इज्जत पनि यसैमा छ ।
अर्को कुरा मधेशवादी दलहरूले पनि यो सरकारलाई पूर्णरूपमा सहयोग गर्नु पर्च । तपाइँहरूका मागका सम्बन्धमा महामहिम गुजरातीसँग हाम्रो समभ्mदारी बनिसकेको छ । उहाँबाट हामीलाई यो यो गर्नु भनेर आज्ञा भइसकेको छ । यहाँ केही वातावरण मिलाउनु पर्नेछ । पूर्व प्रम श्री उखानप्रसादले बखेडा झिकेकाले उहाँलाई फकाउने कामले गर्दा ढिलाई हुन गएको हो । सकेसम्म हामीले यतैबाट सम्झाई बुझाई गर्चौं, यदि यताबाट सकिएन भने उतैबाट ठिकठाक पार्न लगाएर भएपनि मधेशीहरूका माग पूरा गरेरै छाड्छौँ । तपाइँहरू नआत्तिनुहोला । आत्तिएर केही हुनेवाला छैन ।

राज्य सेवक कर्मचारीहरूलाई पनि म के भन्चु भने तपाइँहरूले राज्यका काममा ढिलाई नगर्नुहोला । छिटो भन्दा छिटो गरेर हामीले सरकारले निर्धारण गरेका काम सम्पन्न गर्नु पर्च । राज्यको काम भनेको दशैँ खर्च जुटाउन नसकेका सरकारवादी दलहरूका कार्यकर्ताहरूको खर्च व्यवस्थापन गर्नु, सरकारको भ्रमण व्यवस्था मिलाउनु, आन्दोलन गर्नेहरूलाई ठोकठाक र कोचकाच पार्नु, रोटीबेटीवाला छिमेकीसँग गरिएका सहमतिहरूलाई लिपिवद्ध गर्नु र कृयान्वयन गर्नु, राज्यसेवक कर्मचारीहरूलाई इधरका उधर उधरका इधर पारेर आफ्नो समर्थक बनाउनु आदि इत्यादि हुन् । यी कामहरूलाई प्राथमिकताक्रम अनुसार छिटो भन्दा छिटो पूरा गर्न म सबै हाम्रा नोकर चाकरहरूलाई निर्देशन दिन्चु ।

अन्त्यमा मुखैमा आएको दशैँलाई हुनेखानेहरूले निकै तामझाम र झ्वामझुम पारेर मनाउन म सबैमा आग्रह गर्चु । जहाँसम्म प्राकृतिक प्रकोपबाट पीडित परिवार छन् उनीहरूलाई त प्रकृतिले नै दुःख दिएको हुनाले हामीसँग कुनै प्रकारको गुनासो नगर्न र आशा नगर्न म अनुरोध गर्चु । नेपालीमा उखान छ नि ‘जुन आगोले पोल्छ त्यहि आगोले सेक्छ’ । त्यसैले भैँचालो, बाढी पहिरो, सवारी दुर्घटनाले उनीहरूलाई पोलेको हुनाले सेक्ने काम पनि उनीहरूकै हो । सरकारको काम सेक्ने होइन । सरकारले त त्यसको निरीक्षण गर्ने, भ्रमण गर्ने, वक्तव्य दिने र दाताहरूसँग भिख माग्ने काम मात्रै हो । त्यो त सरकारले गरेकै छ । नवदूर्गा भवानीले यो सरकारको रक्षा गरुन् । धन्यावाद, अभिवादन ।
१६ भदौ २०७३