पुँजीवादी उत्पादन–सम्बन्ध र मजदुरमाथिको शोषण

पुँजीवादी उत्पादन–सम्बन्ध र मजदुरमाथिको शोषण

big-pic-bhakta-bdr-shrestha-fपुँजीपतिले मजदुरलाई विभिन्न तरिकाले शोषण गर्छ । एउटा तरिका हो ः जस्तो १ दिनको कार्यकाल १२ घण्टाको हुन्छ, त्यसमा ६ घण्टा मजदुरले आफ्नो लागि काम गर्छ भनौँ आफूले पाउने दैनिक ज्यालाको लागि नगरी नहुने श्रम, अर्को ६ घण्टा पुँजीपतिका लागि गर्नुपर्छ । जस्तो १२ घण्टा कार्यकालको एक दिनमा ५० रूपैयाँको वस्तु उत्पादन गर्छ र मजदुरले दिनभरको श्रमको २० रूपैयाँ पाउँछ भने १० रूपैयाँ पहिले नै त्यस वस्तुमा लागिसकेको हुन्छ र, बाँकी २० रूपैयाँ ६ घण्टामा तयार पार्छ । तर त्यो २० रूपैयाँ मजदुरले पाउँदैन । पुँजीपतिको खल्तीमा जान्छ । त्यसले १२ घण्टाको कार्यकालमा आवश्यक कार्यकाल ६ घण्टा, जुन मजदुरका लागि गर्नुपर्ने हुन्छ, अर्को ६ घण्टा त्यसलाई अतिरिक्त कार्यकाल भनिन्छ । यसकारण अ.मू. को दर यसप्रकार हुन्छ ः अतिरिक्त मूल्य÷चल पुँजी = अतिरिक्त कार्यकाल÷आवश्यक कार्यकाल = १०० ६ घण्टा, ६ घण्टा = १०० प्रतिशत । यसरी हेर्दा १०० प्रतिशत शोषण भयो । जति कार्यकाल बढाउँछ, त्यति बढी मजदुरको शोषण हुन्छ । कार्यकाल बढाएर जुन अ.मू. पुँजीपतिले पाउँछ, त्यसलाई निरपेक्ष अ.मू. भनिन्छ ।

फेरि, कार्यकाल त्यही १२ घण्टा नै हुन्छ । तर, आवश्यक कार्यकाल घटाइदिन्छ । श्रमको उत्पादन शक्तिमा वृद्धि भएको बेला श्रमकाल घटाउन सकिन्छ । यस्तो गर्न पुँजिपतिले असल मेसिन प्रयोग गर्छ । अथवा मेसिनको गति बढाएर मजदुरको कामलाई छिटो अथवा घनत्व बढाएर उत्पादन शक्ति बढाउँछ । यसरी कार्यकाल नबडाए तापनि श्रमको उत्पादन शक्ति बढाएर आवश्यक कार्यकाल घटाएर पुँजीपतिले जुन अ.मू. पाउँछ त्यसलाई सापेक्ष अ.मू. भनिन्छ । जस्तो १२ घण्टाको काम÷आवश्यक समय ६ घण्टा =२० मिटर कपडा उत्पादन भयो । अब त्यति नै घण्टामा असल मेसिन प्रयोग गरेर अथवा मेसिनको रफ्तार बढाएर ३६ मिटर कपडा तयार पार्छ र १२ मिटर बिक्री गरेर मजदुरको मजदुरी दिन्छ, बाँकी २४ मिटरको मूल्य सापेक्ष अतिरिक्त मूल्य हुन्छ ।

त्यही १२ घण्टामा पहिले २४ मिटर तयार पारेर १२ मिटरले मजदुरी पूरा गथ्र्यो, अब त्यही १२ घण्टाले ३६ मिटर उत्पादन गरी त्यही १२ मिटरले मजदुरी पूरा गर्दा अब २४ मिटरमा पहिलेको तुलनामा १२ मिटर नै बढी उत्पादन भयो, यसबाट शोषणको प्रतिशत यसरी हुन्छ; ८ घण्टा÷४ घण्टा गुणा १०० अर्थात् २०० प्रतिशतले शोषण भयो ।

मजदुरलाई मजदुरी दुई तरिकाबाट दिइन्छ । एउटा तरिका समय अनुसार अथवा दिनको मजदुरी बोकेर हो । यस्तोमा जति उत्पादन गरे पनि तोकिए बमोजिमको मजदुरी पाउँछ । अर्को तरिका हो, तयारी मालको अनुसार अर्थात् यति उत्पादन ग¥यो भने यति दिने भनेर निश्चित गरिएको हुन्छ । यसबाट मजदुरले बढी रकम पाउन सक्छ, तर मजदुरको शारीरिक श्रमको पनि वृद्धि हुन्छ । यसबाट पुँजीपतिले झन् बढी अ.मू. पाउँछ । जस्तो पहिले १२ मिटर कपडाले मजदुरको मजदुरी पूरा हुन्थ्यो, भनौँ १२ मिटरको ६० रूपैयाँबाट मजदुरी पूरा हुन्छ । यसबाट १ मिटरको ५ रूपैयाँ प¥यो । अब पुँजीपतिले मिटरको २ रूपैयाँको दरले जति उत्पादन भए पनि त्यसअनुसार दिने निश्चित गर्दा मजदुरले बढी पाउने लोभले धेरै मिटर तयार पार्न बढी श्रम गर्छ । उसले पहिलेभन्दा बढी ५० मिटर कपडा तयार पार्छ । पहिले ३६ मिटर कपडा उत्पादन गरेर १ मिटरको ५ रूपैयाँले १२ मिटरको ६० रूपैयाँ मजदुरले पाउँथ्यो र २४ मिटरको १२० रूपैयाँ पुँजीपतिको हात पथ्र्यो भने अब ५० मिटरको २५० रूपैयाँ भयो । मिटरको २ रूपैयाँ ले ५० मिटरको १०० रूपैयाँ मजदुरले पायो भने १५० पुँजीपतिले पायो ।

जम्मा कति अ.मू. पैदा हुन्छ ? यी दुई कुराबाट निर्धारित हुन्छ—अ.मू.को दरबाट, पेस्कीमा लगाएको चल पुँजीको राशिबाट, त्यसकारण यसको निष्कर्षको रूपमा एउटा तेस्रो नियम पाउन सकिन्छ । यदि अ.मू. को दर अथवा श्रमशक्तिको शोषणको मात्रा र श्रमशक्तिको मूल्य अथवा आवश्यक श्रम कालको मात्रा, पहिलेबाट नै थाहा भयो भने चल पुँजी जति बढी हुन्छ त्यति नै बढी मूल्य पैदा हुन्छ र अ.मू. को राशि त्यति नै बढी हुन्छ । यो कुरा स्पष्ट छ । यदि कामको दिनको सीमा थाहा छ र साथै त्यसको आवश्यक भागको सीमा पनि थाहा छ भने कुनै खास पुँजीपतिले कति मूल्य तथा अ.मू. पैदा गर्छ स्पष्टसँग यो कुरामा निर्भर गर्छ कि उसले जम्मा कति श्रमलाई गतिमान बनाउँछ । तर, यो कुरा माथि भनिएका परिस्थितिहरूमा श्रमशक्तिको राशिमा अथवा पुँजीपतिले जुन मजदुरलाई शोषण गर्दछ, त्यसको सङ्ख्यामा निर्भर गर्दछ र खुद यो सङ्ख्या यस कुरामा निर्भर गर्छ कि जम्मा कति चल पुँजी लगाएको छ ।

कुनै समाजको कुल पुँजीद्वारा जुन श्रम दिनप्रतिदिन गतिमान हुन्छ, त्यसलाई एक सामूहिक कामको दिन मान्न सकिन्छ । उदाहरणका लागि, यदि मजदुरहरूको सङ्ख्या १० लाख छ र एउटा मजदुरको कामको औसत दिन १० देखि निश्चित छ भने त्यसका सीमाहरू चाहे शारीरिक कारणहरूबाट निर्धारित भएका होऊन् वा सामाजिक कारणहरूबाट, अ.मू. को राशिलाई केवल मजदुरहरूको अर्थात् मेहनत गर्ने आवादीको सङ्ख्यामा वृद्धि गरेर नै बढाउन सकिन्छ ।

अहिलेसम्म हामीले अ.मू. को उत्पादनको जति विवेचना गरेका छौँ, त्यसबाट मुद्राको वा मूल्यको हरेक रकमलाई इच्छाअनुसार पुँजीमा बदल्न सकिँदैन भन्ने निष्कर्ष निस्कन्छ । यसरी रूपान्तरण गर्न वास्तवमा जो व्यक्ति मुद्रा अथवा मालहरूको हो, त्यसको हातमा पहिलेदेखि नै केही न केही निश्चित मात्रामा मुद्रा अथवा विनिमय मूल्य हुनुपर्छ । चल पुँजीको यो न्यूनतम मात्रा एउटा श्रमशक्तिको लागत हुन्छ । जसको दिनप्रतिदिन पूरै सालभरि अ.मू. उत्पादनको लागि प्रयोग गरिन्छ । यदि मजदुरसँग खुद आफ्नो उत्पादनको साधन हुन्थ्यो र ऊ मजदुरको जसरी रहन सन्तुष्ट हुन्थ्यो भने जति समय उसको जीवनका साधनहरूको पुनरुत्पादनको लागि आवश्यक छ, उसलाई त्योभन्दा बढी काम गर्न कुनै आवश्यकता हुँदैन । यसबाहेक उसलाई उत्पादनको केवल यति नै साधनको आवश्यकता पर्छ, जुन ८ घण्टा काम गर्नको लागि पुग्छ । अर्कोतिर पुँजीपतिलाई यस ८ घण्टाबाहेक त्यसभन्दा ४ घण्टाको अतिरिक्त श्रम गराउँछ । उत्पादनका अतिरिक्त साधानहरू चलाउँन केही अतिरिक्त रकमको आवश्यकता पर्छ । हामी जुन कुरा मानेर गइरहेका छौं त्यस अनुसार उसलाई केवल मजदुरको जस्तै रहनको लागि राम्रोसँग होइन, केवल आफ्नो प्राथमिक आवश्यकता पूरा गर्न दुईजना नोकर राख्नुपर्छ, तबमात्र उसले यति अ.मू. दैनिकरूपमा प्राप्त गर्नसक्छ । तर, पुँजीपतिको हमेसा सम्पत्ति बढाउने उद्देश्य हुन्छ । यदि पुँजीपति साधारण मजदुरभन्दा केवल दुई गुना राम्रोसित जीवन चलाउँन चाहन्छ र साथै पैदा हुने अ.मू. को आधा भाग पुँजीमा बदल्न चाहन्छ भने उसले मजदुरहरूको सङ्ख्याको साथसाथ आफ्नो लगाएको पुँजीलाई पनि पहिलेभन्दा आठगुना बढाउनु पर्छ ।

हामीले देखिसक्यौँ—उत्पादन प्रक्रियाभित्र पुँजीले श्रममाथि अर्थात् श्रमशक्तिमाथि अधिकार जमायो । पुँजीपतिले मजदुरले आफ्नो काम नियमित ढङ्गबाट छिटोसँग गरेको छ कि छैन भन्ने कुरामा एकदम ध्यान दिन्छ । यति मात्र होइन, पुँजीको श्रमसँग जबर्जस्तीको सम्बन्ध बन्नजान्छ, जसद्वारा मजदुरवर्गलाई उसको आफ्नो जीवनको आवश्यकतालाई जुन केही काम गर्नु आवश्यक हुन्छ । त्यसभन्दा बढी काम गर्न बाध्य बनाइन्छ ।

capitalisim-and-exploitation

कामको दिनलाई लामो पारेर जुन अ.मू. पैदा गरिन्छ, त्यसलाई निरपेक्ष अ.मू. र जुन अ.मू. आवश्यक श्रमकाललाई घटाएर र कामको दिनलाई २ भागहरूको लम्बाइअनुसार परिवर्तन हुनाको फलस्वरूप पैदा हुन्छ । त्यसलाई सापेक्ष अ.मू. भनिन्छ ।

श्रमशक्तिको मूल्यलाई कम गर्न उद्योगका ती शाखाहरूमा श्रमको उत्पादकतामा वृद्धि हुनुपर्छ, जसको पैदावारले श्रमशक्तिको मूल्यलाई निर्धारित गर्दछ । त्यसकारण जसको पैदावार कति जीवन निर्वाहको प्रचलित साधनहरूमा सामेल छ, यी साधनहरूको स्थान लिने क्षमता राख्छ । तर, कुनै मालको मूल्य जुन मजदुरले प्रत्यक्षरूपमा त्यस मालमा खर्च गर्दछ, त्यस श्रमको मात्राबाट मात्र निर्धारित हुने होइन, जो त्यस श्रमबाट पनि निर्धारित हुन्छ, जुन उत्पादनका साधनहरूमा लागेको छ । उदाहरणका लागि एक जोर जुत्ताको मूल्य जुत्ता बनाउनेहरूको श्रमबाट मात्र होइन, छाला, मोम, धागो आदिको मूल्यमाथि पनि निर्भर गर्दछ । त्यसकारण जुन उद्योगले श्रमका ती औजारहरूलाई, त्यस कच्चा माललाई तयार पार्दछ जसको जीवनका लागि आवस्यक वस्तुहरूको उत्पादन स्थिर अथवा अचल पुँजीको भौत्तिक तत्वहरूको रूपमा आवश्यक हुन्छ । त्यसमा श्रमको उत्पादक बढ्ने र त्यसको फलस्वरूप ती उद्योगहरूमा उत्पादकता बढ्छ जसले न त जीवनका लागि आवश्यक वस्तुहरू तयार पार्दछन् र न यस्ता वस्तुहरूको उत्पादनको साधन तयार पार्दछन् भने त्यसबाट श्रम शक्तिको मूल्यमा कुनै परिवर्तन आउँदैन ।

कुनै मालको मूल्य आफैँमा पुँजीपतिका लागि कुनै अभिरुचिको विषय बन्दैन । उसको अभिरुचि त त्यस मालमा निहित अ.मू. मा हुन्छ, जसलाई त्यस माल बेचेर उसले प्राप्त गर्छ । अ.मू. पाउनुको साथसाथ अनिवार्य रूपमा पेस्कीका रूपमा गरेको मूल्य फिर्ता आउँछ । जब सापेक्ष अ.मू. श्रमको उत्पादकताको विकासको अनुपातमा बन्छ, तब अर्कोतिर मालहरूको मूल्य त्यसै अनुपातमा घट्दछ । एउटै क्रियाले माललाई सस्तो बनाइदिन्छ । साथै त्यसमा निहित अ.मू. लाई बढाइदिन्छ । त्यसकारण यस समस्याको हल पाइन्छ । पुँजीपति, जसको एक मात्र उद्देश्य विनिमय मूल्यको उत्पादन गर्नु हुन्छ भने किन मालहरूको विनिमय–मूल्यलाई हमेसा घटाउने कोसिसमा लागिरहन्छ ? यही त्यो जटिल विषय थियो, जसद्वारा अर्थशास्त्रका एक संस्थापक क्वेजले आफ्ना विरोधीहरूलाई सताउँथे र जसलाई उनीहरूले कहिले बुझ्दैनथे । क्वेजले भन्दथे, “तिमीहरू औद्योगिक पैदावारको निर्माणमा उत्पादनलाई कुनै हानी नपु¥याइकन खर्च र श्रमको लागतलाई जति कम गर्न सकिन्छ, त्यसबाट त्यति नै फाइदा हुन्छ भनेर मान्दछौं किन भने यसरी तयार भएका वस्तुको दाम घट्छ । तैपनि, तिनीहरू मजदुरको श्रमबाट पैदा हुने सम्पत्तिको उत्पादन वास्तवमा उसको पैदावारको विनिमय मूल्यलाई बढाएर गरिन्छ भन्ने सम्झन्छौँ ।”
त्यसकारण पुँजीवादी उत्पादनमा जब श्रमको उत्पादकतालाई बढाएर त्यसको बचत गरिन्छ, तब यसको उद्देश्य कामको दिनलाई छोटो पार्नु हुँदैन । यसको उद्देश्य मालहरूको एउटा निश्चित मात्राको उत्पादनको लागि आवश्यक श्रमकाललाई घटाइदिने मात्र हुन्छ । मजदुरको श्रमको उत्पादकता बढेपछि, पहिलेभन्दा दसगुना माल तयार गर्न लाग्छ र यसरी हरेक वस्तुमा पहिलेको केवल १÷१० श्रमकाल खर्च गर्छ भने यसबाट यसभन्दा पहिलेको जस्तै पूरै १२ घण्टासम्म काम गर्नमा कुनै बाधा पर्दैन र यी १२ घण्टाहरूमा १२० को साटो १२०० वस्तुहरू तयार पार्न कुनै बाधा पर्दैन । यो मात्र होइन, यसको साथसाथ उसको कामको दिनलाई अरू लामो पार्न सकिन्छ, जस्तो १४ घण्टासम्ममा १४०० वस्तुहरू तयार पार्न सकियोस् ।

पुँजीवादी उत्पादनका सीमाहरूभित्र श्रमको उत्पादकतालाई बढाउने सम्पूर्ण प्रयत्नको उद्देश्य हुन्छ कामको दिनको त्यस भागलाई छोटो पारिदिने, जसमा मजदुरले स्वयम् आफ्नो हितमा काम गर्नुपर्छ र त्यसलाई घटाएर दिनको त्यस भागलाई बढाउने जसमा मजदुरले पुँजीपतिको लागि मुफ्तमा काम गर्ने स्वतन्त्रता हुन्छ । मालहरूलाई सस्तो नगरीकन के सम्म गर्न सकिन्छ भन्ने कुरा सापेक्ष अ.मू. पैदा गर्ने विशिष्ट प्रणालीहरूको अध्ययन गरेपछि थाहा पाइन्छ ।
(स्व. नेता भक्तबहादुर श्रेष्ठका संकलित रचनाबाट)