नयाँ पार्टी सदस्य भर्तिका शर्त र विधिहरुबारे

नयाँ पार्टी सदस्य भर्तिका शर्त र विधिहरुबारे

पार्टी, सेना र संयुक्त मोर्चालाई सर्वहारा क्रान्तिको लागि तीन जादुगरी हतियार भनिन्छ । यी तीनवटै कुराहरु सही र सशक्त नभइकन वास्तविक क्रान्ति सम्भव हुन्न । तर यी तीनै कुराहरु समानान्तर भने होइनन् । यी तीन कुराहरुमध्ये सबैभन्दा महत्वपूर्ण कुरा पार्टी हो । पार्टी सही हुँदा अन्य दुई पक्ष पनि सही हुन्छ । पार्टी सही हुने भनेको पार्टी क्रान्तिकारी हुनु भनेको हो । पार्टीले क्रान्तिकारी कार्यदिशा लिन सकेन पार्टी संगठनात्मक रुपमा पनि क्रान्तिकारी हुन सकेन भने संयुक्त मोर्चा र सेनाको कुनै अर्थ छैन । विश्व कम्युनिष्ट आन्दोलन र स्वयम् नेपालको कम्युनिष्ट आन्दोलनको अनुभवले पनि यही कुरा बताउँछ ।

लेनिनले स्थापना गरेको कम्युनिष्ट पार्टी जबसम्म सही माक्र्सवादी–लेनिनवादी रह्यो, त्यतिबेलासम्म त्यो पार्टीको नेतृत्वमा हुने संयुक्त मोर्चा र सेनाको भूमिका आम शोषित–पीडित वर्ग मुख्यतः सर्वहारावर्गको पक्षमा रह्यो । जब त्यो पार्टी संशोधनवादी पार्टीमा परिणत भयो, तब त्यो पार्टीको नेतृत्वको संयुक्त मोर्चा र सेना पुँजीपतिवर्गको स्वार्थको रक्षा गर्ने साधन बन्यो, प्रतिक्रान्तिको साधन बन्यो ।

ठीक त्यस्तै चीनको कम्युनिष्ट पार्टी जबसम्म सहि माक्र्सवादी–लेनिनवादी सिद्धान्तको आधारमा अथगाडि बढिरहेको थियो, त्यतिबेलासम्म संयुक्त मोर्चा र सेनाले आम शोषित पीडित जनताको पक्षमा काम ग¥यो । कमरेड माओको निधनपछि जब चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व संशोधनवादीहरुको हातमा गयो, तब त्यो पार्टीको नेतृत्वमा रहेको सेना र संयुक्त मोर्चाले सर्वहारावर्गको पक्षमा र क्रान्तिको पक्षमा काम गर्न छोड्यो ।

नेपालको अनुभवले पनि त्यही कुरा बताउँछ । माओवादी पार्टीको नेतृत्वमा बनेको जनसेनाका विभिन्न तहका कमाण्डरहरु पछिल्लो चरणमा आएर जुन प्रकारका क्रियाकलापहरुमा संलग्न भए, त्यो पार्टीकै गलत कार्यदिशाको परिणाम थियो । त्यसकारण सबभन्दा पहिले पार्टीलाई क्रान्तिकारी बनाउने कुरामा ध्यान दिनु पर्दछ ।

क्रान्तिकारी पार्टी बनाउनका लागि क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी संगठन चाहिन्छ । यसमा पनि मुख्य कुरा क्रान्तिकारी राजनीतिक कार्यदिशा नै हो । तर क्रान्तिकारी राजनीतिक कार्यदिशा हुँदैमा सबैकुरा पूरा हुँदैन । क्रान्तिकारी कार्यदिशालाई कार्यान्वयन गर्न क्रान्तिकारी संगठनको आवश्यकता पर्दछ । क्रान्तिकारी संगठन निर्माण गर्न सकिएन भने क्रान्तिकारी कार्यदिशा र गैरक्रान्तिकारी संगठनको बीचमा ठूलो अन्तरविरोध पैदा हुन्छ । त्यो अन्तरविरोध दुई तरिकाबाट हल हुन सक्छ ।

एउटा तरिका हो– कार्यदिशामा परिवर्तन । क्रान्तिकारी राजनीतिक कार्यदिशालाई गैरक्रान्तिकारी कार्यदिशामा परिवर्तन गरियो भने त्यहाँ गैरक्रान्तिकारी कार्यदिशा र गैरक्रान्तिकारी संगठनको बीचमा मेल हुन्छ । यसरी अन्तरविरोध हल गर्नु भनेको क्रान्तिबाट भाग्नु हो, क्रान्तिप्रति गद्दारी गर्नु हो । सच्चा माक्र्सवादीहरुले रोज्ने बाटो यो होइन ।

अर्को तरिका भनेको क्रान्तिकारी कार्यदिशाले माग गरे अनुसार क्रान्तिकारी संगठनको निर्माण गर्नु हो । यो सहि माक्र्सवादी–लेनिनवादी तरिका हो । त्यसकारण सच्चा मालेमावादीहरुले पहिला क्रान्तिकारी राजनीतिक कार्यदिशा तय गर्न जोड दिन्छन् र त्यसपछि क्रान्तिकारी कार्यदिशाले माग गरे अनुसारको क्रान्तिकारी संगठनको निर्माणमा पहल गर्छन् ।

क्रान्तिकारी संगठन निर्माण गर्न धेरै महत्वपूर्ण कुराहरुमध्ये पार्टी सदस्य बनाउने कुरा एउटा हो । पार्टी सदस्य बनाउनका लागि कस्ता शर्तहरु राख्ने भन्ने कुराले कस्तो पार्टी बनाउने भन्ने कुराको निर्धारण गर्दछ । मालेमावादीहरुको आफ्नै संगठनात्मक सिद्धान्छ छ । त्यही सिद्धान्तका आधारमा हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न प्रयत्न गर्छौं । यहाँ कस्ता व्यक्तिहरुलाई पार्टी सदस्य बनाउनु पर्छ भन्ने विषयमा नै चर्चा गरिनेछ ।

पार्टी सदस्यताको लागि शर्तहरु र विधिहरु कस्तो बनाउने भन्ने विषयमा कम्युनिष्ट आन्दोलनमा सुरु देखि नै विवाद चल्दै आएको छ । सन् १९०३ मा सोभियत संघको कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनमा पार्टी सदस्यताको लागि कस्ता शर्तहरु राख्ने भन्ने विषयमा लेनिन र मार्तोभको बीचमा ठूलो मतभेद भयो । महाधिवेशनको लागि तयार पारिएको मार्तोभको मस्यौदामा लेखिएको थियो, “त्यसलाई रसियाली सामाजिक जनवादी मजदूर पार्टीको सदस्य मानिनेछ, जसले यसको कार्यक्रम स्वीकार गर्दछ र पार्टी अंगहरुको नियन्त्रण र नेतृत्वमा पार्टीको उद्देश्य पूर्तिको लागि सक्रिय रुपमा काम गर्दछ ।”

लेनिनको मस्यौदामा लेखिएको थियो, “त्यो व्यक्ति पार्टी सदस्य मानिन्छ, जसले पार्टी कार्यक्रम स्वीकार गर्दछ, र जसले भौतिक साधनहरु र कुनै एउटा पार्टी संगठनमा व्यक्तिगत सहभागसहित पार्टीलाई सहयोग पु¥याउँछ ।”१

महाधिवेशनमा व्यापक छलफलपछि मतदान भयो र मतदानमा मार्तोभको प्रस्तावको पक्षमा २८ मत, लेनिनको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।२

मार्तोभले आफ्नो पहिलो मस्यौदामा केही संशोधन गरेका थिए तर उनको प्रस्तावको सार पहिलो मस्यौदाको जस्र्तै थियो । मार्तोभले महाधिवेशनमा पेश गरेको र पारित भएको पार्टी सदस्यतासम्बन्धी प्रस्ताव यस्तो थियो, “त्यो व्यक्ति रसियाली सामाजिक जनवादी मजदुर पार्टीको सदस्य मानिने छ, जसले यस पार्टीको कार्यक्रम स्वीकार गर्दछ, पार्टीलाई भौतिक सहायता गर्दछ र पार्टीको नै एउटा संगठनको नेतृत्व अन्तर्गत पार्टीलाई नियमित रुपमा व्यक्तिगत सहयोग प¥याएको हुन्छ ।”३

पार्टी सदस्यतासम्बन्धी लेनिनको प्रस्ताव र मार्तोभको प्रस्तावको भिन्नताबारे प्रष्ट पार्दै सोभियत संघको कम्युनिष्ट पार्टीको इतिहा।रसमा भनिएको छ, “लेनिनको विचा।र अनुसार जसल, पार्टीको कार्यक्रमलाई मान्छ, पार्टीलाई आर्थिक मद्दत गर्छ र त्यसको कुनै एउटा संगठनमा बसेर काम गर्छ, त्यस्तो व्यक्ति पार्टीको सदस्य बन्न सक्छ ।

मार्तोभको भनाइ अनुसार कार्यक्रमलाई मान्नु र पार्टीलाई आर्थिक मद्दत दिनु पाटीए सदस्यताका अपरिहार्य सर्त हुन्, तर पार्टी सदस्यको लागि अनिवार्य रुपले पार्टीको एउटा संगठनकमा बस्नुपर्ने सर्त आवश्य छैन ।”४

लेनिन र मार्तोभको बीचमा पार्टी सदस्यता दिनेबारे के कुरामा फरक दृष्टिकोण थियो भन्ने कुरा सोभियत संघको कम्युनिस्ट पार्टीको इतिहासमा भएको यो भनाईले प्रष्ट पार्दछ । लेनिनको प्रस्तावले पार्टी सदस्यताका लागि पार्टीको कुनै एउटा संगठनमा अनिवार्य बस्नु पथ्र्यो । मार्तोभको प्रस्तावले पार्टी संगठनमा बस्ने कुरा अनिवार्य बनाउँदैनथ्यो ।

मार्तोभको प्रस्ताव अनुसार पार्टी बनाउँदा ढिलाढाला खुकुलो प्रकारको पार्टी बन्छ । लेनिनको प्रस्ताव अनुसार पार्टी बनाउँदा अनुशासित, मिलिटेन्ट र क्रान्तिकारी पार्टी निर्माण हुन्छ । दोस्रो महाधिवेशन पछि सोभियत संघको कम्युनिस्ट पार्टीमा फुट भयो । त्यसपछि लेनिनले आफ्नो प्रस्तावअनुसार पार्टी सदस्यता दिने नीति लागु गर्दै जानुभयो । त्यही नीति अनुरुप बनेको पार्टीले सन् १९१७ मा रुसमा क्रान्ति सम्पन्न भयो ।

पार्टी सदस्यताका लागि कस्ता शर्तहरु राख्ने भन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टीभित्र पनि फरकफरक धारणाहरु भएको पाइन्छ । सन् १९५६ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनद्वारा पारित पार्टी विधानमा पार्टी सदस्यता सम्बन्धी शर्तमा भनिएको छ – “अरुको श्रमको शोषण नगर्ने, पार्टी कार्यक्रम र विधानलाई स्वीकार गर्ने, पार्टी संगठनमा आवद्ध भइ काम गर्ने, पार्टी निर्णयलाई पालना गर्ने र पार्टी लेबी तिर्ने कुनैपनि चिनियाँ नागरिकलाई पार्टी सदस्यताको लागि खुला गरिन्छ ।”५

यो महाधिवेशनमा लिउ साउचीहरुको बहुमत थियो । माओ अल्पमतमा पर्नुभएको थियो । त्यसैले पार्टी सदस्यताका लागि यी शर्तहरुमध्ये कतिपय शर्तहरुमा माओको विमति थियो । पछि सन् १९६९ मा नवौं महाधिवेशन भयो । यस महाधिवेशनमा माओहरु बहुमतमा हुनुहन्थ्यो । यो महाधिवेशनले पार्टी सदस्यतासम्बन्धी धारामा परिवर्तन गरियो ।

नवौं महाधिवेशनले पारित विधानको पार्टी सदस्यता सम्बन्धी धारामा भनिएको छ– “कुनैपनि चिनियाँ मजदुर, गरिब किसान, निम्न मध्यम किसान, क्रान्तिकारी सैनिक र कुनैपनि क्रान्तिकारी तत्वहरु, जो १८ वर्ष पुगेको छ जसले पार्टी विधान स्वीकार गर्दछ, पार्टी संगठनमा रहेर सक्रिय रुपमा काम गर्दछ, पार्टी निर्णयहरु लागु गर्दछ, पार्टी अनुशासनको पालना गर्दछ र लेवी तिर्दछ ऊ चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्छ ।”६

पार्टी सदस्यता सम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टीको आठौ र नवौं महाधिवेशनले गरेको व्यवस्था एकदम फरक छ । लिउ साओचिहरुको बहुमत भएको आठौं महाधिवेशनले “कुनैपनि चिनियाँ नागरिकलाई” भनेर एकदम खुकुलो नीति लिएको छ । यसले वर्गीय आन्दोलनलाई छोडेको छ । तर माओहरुको बहुमत भएको नवौं महाधिवेशनले पार्टी सदस्यताको लागि अन्य पक्षको साथै वर्गीय आधारलाई पक्रेको छ । त्यसले चिनियाँ नागरिक नभनीकन “चिनियाँ मजदुर, गरिब किसान, निम्न मध्यम किसान, क्रान्तिकारी सैनिक र अन्य क्रान्तिकारी तत्वहरु” भनेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको दशौं महाधिवेशनमा पनि माओ पक्षधरहरुको बहुमत थियो । त्यसैले त्यस महाधिवेशनले पार्टी सदस्यता सम्बन्धी प्राब्धानलाई परिवर्तन गरेन । माओको मृत्युपछि एघारौं महाधिवेशन भयो । त्यस महाधिवेशनले कमरेड माओको पालामा पार्टी सदस्यता सम्बन्धी गरेका शर्तहरुलाई पुनः परिवर्तन ग¥यो । हामीले बुझ्ने कुरा के हो भने पार्टी सदस्यता सम्बन्धमा संशोधनवादी र माक्र्सवादीहरुको बीचमा निरन्तर संघर्ष चल्दै आएको छ ।

प्रारम्भमा नेपालमा आफूलाई कम्युनिस्ट पार्टी भन्ने प्राय सबै घटकहरुले पार्टी सदस्यता सम्बन्धी प्रश्नमा लेनिन र माओले लिएका नीतिहरुलाई नै लिन खोजेको देखिन्छ । पछिल्लो चरण आएपछि खास गरेर ०४६ सालको राजनीतिक परिवर्तनपछि लेनिन र माओको पार्टी सदस्यतासम्बन्धी प्रस्तावनालाई छोड्दै गएको पाइन्छ । पूर्व माले जब एमाले भयो त्यसले पार्टी सदस्यतासम्बन्धी पहिलेको भन्दा धेरै फरक अवधारणा ल्यायो । साधारण सदस्य र संगठित सदस्य भन्ने अवधारणा ल्यायो । यसको मूल उद्देश्य पार्टी सदस्यता सम्बन्धी शर्त खुकुलो बनाउनु थियो र जसलाई पनि पार्टी प्रवेश गर्ने ढोका खोल्नु थियो ।

ramsingh-shirsएमालेले यसरी नाङ्गो रुपमा पार्टीलाई लेनिनवादी संगठनात्मक पद्धतिबाट बाहिर लग्यो । पार्टी सदस्यता सम्बन्धी नेपालमा अर्कोथरि समस्या पनि आयो । त्यो समस्या भनेको विधानमा पार्टी सदस्यता सम्बन्धी शर्तहरु लेनिन र माओले लिएका नीतिअनुसार नै राख्ने तर व्यवहारमा त्यसलाई लागु नगर्ने । मजदुर, गरिब किसानलाई प्राथमिकतामा राख्ने भनेर विधानमा व्यवस्था गर्ने तर व्यवहारमा मजदुर र गरिब किसानहरुको बीचमा पार्टी संगठन बनाउन पहल नगर्ने । मध्यम वर्गीय र बुद्धिजीवीहरुको बीचमा नै पार्टी संगठनहरु नेपार्माण गर्ने गरिन्छ । यस प्रकारको प्रवृत्ति पनि मूलतः संगठनात्मक अवसरवाद नै हो । यो प्रवृत्तिलाई पनि हामीले परास्त गर्नै पर्दछ ।

अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले राष्ट्रिय भेलाद्वारा पारित विधानको सदस्यता सम्बन्धी व्यवस्था यस्तो छ– “मालेमावादको सिद्धान्तलाईए आत्मसात गर्दै पार्टीको नीति कार्यक्रम र विधानलाई स्वीकार गर्ने, पार्टी निर्णयलाई पालना गर्ने, नियमित रुपमा लेवी बुझाउने, १८ वर्ष उमेर पुगेको, कम्तिमा एक वर्ष पार्टी पार्टी नेतृत्वमा रहेको जनवर्गीय संगठन वा पार्टी समर्थक समूहमा रहेर काम गरेको, मजदुर, किसान तथा अन्य श्रमजीवि क्रान्तिकारी व्यक्तिहरु पार्टी सदस्य बन्न सक्नेछन् ।”७ पार्टी सदस्यतासम्बन्धी उक्त शर्तहरु ठिकै छन् । तर हाम्रो अगाडिको चुनौति भनेको त्यसलाई व्यवहारमा लागु गर्ने कुरा नै हो ।

हाम्रो विधानले मजदुर र किसानलाई प्राथमिकतामा राखेको छ । तर हामीले मजदुर किसानहरुलाई पार्टीमा भर्ती गर्ने प्रक्रिया थालनी गरेका छौं कि छैनौं ? यो हाम्रो अगाडि उभिएको गम्भीर प्रश्न हो । नयाँ मानिसहरु (मजदुर किसान र अन्य क्रान्तिकारीहरु) ले पार्टी सदस्यताको आवेदन दिन कम्तिमा एक पार्टी नेतृत्वमा रहेको जनवर्गीय संगठन वा पार्टी समर्थक ग्रुपमा बस्नुपर्ने भएकोले हामीले नयाँ पार्टी सदस्य भर्ती गर्नका लागि अहिलेदेखि नै जनवर्गीय संगठन निर्माण गर्न र पार्टी समर्थक ग्रुप बनाउन तत्काल पहल गर्नुपर्दछ ।

हाम्रो अगाडि नियमित लेवि नतिर्ने प्रवृत्ति प्रवल छ । पार्टी लेवि भन्ने कुरा कसैले उधारो सामानको पैसा माग्न गएझैं जाने भन्दा पनि सम्बन्धित व्यक्तिले सम्बन्धित ठाउँमा आफ्नो पहलमा बुझाउने कुरा हो । लेवी नियमित बुझाउने कुरा त मेन्सेविकहरुले पनि मानेको कुरा हो । मेन्सेविकहरुले मानेको कुरालाई पनि लागु गर्न नसक्ने मान्छे राखेर हामीले कसरी बोल्सेविक स्पीरिटको पार्टी बनाउन सक्छौं ? त्यसकारण हामीले पार्टी सदस्य भर्ती गर्ने कुरामा कडा शर्त र उपयुक्त विधि अवलम्बन गर्न जरुरी छ । यसमा गल्ती गर्ने वित्तिकै हामीले जतिसुकै चिच्याएर क्रान्तिकारी पार्टी बनाउँछौं भनेपनि व्यवहारतः त्यो पार्टी मिलिटेन्ट र अनुशासित क्रान्तिकारी पार्टी बन्न सक्दैन ।

लेनिनको नेतृत्वमा सोभियत संघको कम्युनिस्ट पार्टीले कडा शर्त र उपयुक्त विधिद्वारा नयाँ पार्टी सदस्यहरु भर्ती गर्दा पनि पटकपटक समस्या आउने ग¥यो । पार्टीबाट ढुलमुले तत्वहरुलाई निकाल्नुपर्ने अवस्था आयो । त्यसैले सन् १९२१ मा केन्द्रीय समितिले पार्टी सुद्धिकरण संगठन ग¥यो । सुद्धिकरणको परिणामस्वरुप जम्माजम्मी १,७०,००० जति व्यक्तिहरु अर्थात् कूल सदस्यको २५% जतिलाई पार्टीबाट निष्काशित गरियो ।८ सुद्धिकरणले पार्टी धेरै बलियो भएको मूल्याङ्कन गरियो । पार्टी सदस्यताको लागि कडा शर्त र उपयुक्त विधि अपनाउँदासमेत पार्टीलाई क्रान्तिकारी बनाइराख्न सुद्धिकरण अभियान चलाउन आवश्यक हुन्छ भने पार्टी सदस्यको शर्त कडा बनाउने र उपयुक्त विधि उपनाउने कुरालाई एकछिन पनि नजरअन्दाज गर्न मिल्दैन ।

चीनमा क.माओले नेतृत्व गर्नुभएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा सांस्कृतिक क्रान्ति पक्षधर सम्पादक समूहले तयार पारिएको “पार्टीबारे आधारभूत बुझाई” भन्ने पुस्तकको अध्याय १३ मा पार्टी सदस्यमा भर्ती हुने शर्त तथा विधिहरु” शीर्षकमा भनिएको छ– “एकजना कमरेडलाई पार्टी सदस्यका रुपमा स्वीकार्नका निम्ति कडा शर्तहरु तथा उपयुक्त विधिहरु अवलम्बन गर्नुपर्दछ ।”

यो प्रस्तावनालाई हामीले व्यवहारमा कुशलतापूर्वक लागु गर्न सक्नुपर्दछ । कुशलतापूर्वक यी शर्तहरु लागु गरेर मात्र हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न सक्नेछौं । लेनिनदेखि माओसम्मले लागु गरेको कुरा के हो भने निवेदन दिंदैमा ऊ पार्टी सदस्य बन्न सक्दैन । उसको निवेदनलाई स्थानीय पार्टी कमिटीको साधारण सदस्यहरुको बैठकले स्वीकार गर्ने र त्यसभन्दा माथिल्लो कमिटीले अनुमोदन गरेपछि मात्र ऊ उेद्वार बन्न सक्छ । एउटा निश्चित अवधि परीक्षणकाल पूरा गरेपछि मात्र ऊ पूर्ण पार्टी सदस्य बन्नसक्छ ।

चीनको नवौं महाधिवेशनद्वारा पारित विधानमा पार्टी सदस्य हुनको लागि दिएको निवेदन स्वीकृत वा अस्वीकृत गर्नुभन्दा पहिले पार्टी भित्र र बाहिरको व्यापक जनसमुदायको धारणा लिनुपर्ने कुराको व्यवस्था गरेको छ ।९ हामीले तत्काल यसप्रकारको कडा विधि अपनाउन नसकेपनि पार्टी विधानले तय गरेको विधिलाई कडाईपूर्वक लागु गर्नुपर्दछ । त्यसरी मात्र हामीले क्रान्तिकारी पार्टी निर्माणको लागि उपयुक्त नयाँ सदस्यहरु भर्ना गर्नुपर्दछ । विधानले निश्चित गरेको शर्त र विधि पालना गर्न नसक्ने पार्टी सदस्यहरुलाई हटाएर समर्थक ग्रुप वा जनवर्गीय संगठनमा लैजाने प्रक्रियाको पनि थालनी गर्नु पर्दछ ।

फूटनोटहरु

१. लेनिन “एक पाइला अगाडि दुई पाइला पछाडि” प्रगति प्रकाशन मास्को सन् १९८५ पृ.५३
२. सोभियत संघको कम्युनिस्ट पार्टी (वोल्सेभिक)को इतिहास, सिर्जनशिल प्रकाशन, २०५६ पृ.३३
३. लेनिन “एक पाइला अगाडि दुई पाइला पछाडि” पृ.५३
४. सोभियत संघको कम्युनिस्ट पार्टी (वोल्सेभिक) को इतिहास सिर्जनशिल प्रकाशन, २०५६ पृ.३६
५. चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशन (१९५६) द्वारा पारित विधान धारा १
६. चिनियाँ कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन (१९६९) द्वारा पारित विधान धारा १
७. नेकपा (क्रान्तिकारी माओवादी)को अन्तरिम विधान धारा २
८. सोभियत संघको कम्युनिस्ट पार्टी (वोल्सेभिक) को इतिहास, सिर्जनशिल प्रकाशन, २०५६ पृ.२३१
९. चिनियाँ कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन (१९६९) द्वारा पारित विधान धारा २