धनगढीमा डाइलासिससहितको स्वास्थ्य सेवा सुरु

धनगढीमा डाइलासिससहितको स्वास्थ्य सेवा सुरु

healthधनगढी । सेती अञ्चल अस्पताल धनगढीमा डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालय र मानव अंग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यो सेवा सुरु भएको हो । होमो—डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो । 

यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच सेवा हो । सिकलसेल एनिमियाका रोगीको उपचारका लागि सिकलसेल एनिमियाको उपचार सेवा सुरु गरिएको हो ।

यी तीनवटै सेवाका लागि करिब तीन करोड ५० लाख मूल्यबराबरका अत्याधुनिक मेसिन उपकरणको व्यवस्थासहित अस्पतालमा सेवा सुरु गरिएको हो ।

स्वास्थ्यमन्त्री गगन थापाले यी सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री थापाले स्वास्थ्य उपचारका लागि नागरिकले काठमाडौं वा अन्यत्रै गएर उपचार गर्नु नपर्ने व्यवस्थाका लागि मन्त्रालयले प्रयास गरिरहेको बताए ।

विसं २०४० मा अञ्चल अस्पताल बनेको १५० शैय्याको सेती अञ्चल अस्पतालमा पछिल्लो केही महिनादेखि आइसियु (सघन उपचार कक्ष) सेवासमेत सञ्चालनमा आएको छ ।