त्रिशुलीमा डुबेको गाडी भेटियो, पूर्वगृहमन्त्री घिमिरेको अवस्था अज्ञात

त्रिशुलीमा डुबेको गाडी भेटियो, पूर्वगृहमन्त्री घिमिरेको अवस्था अज्ञात

ghoptebhir-accचितवन । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको अवस्था अझै अज्ञात रहेको छ । घिमिरेको खोजीमा रहेका गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा एउटा गाडी फेला परेको जनाएको छ ।

दुर्घटनास्थल मुग्लिनको घोप्टेभीरबाट करिब १०÷१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज टोलीले गाडी फेला पारेको चितवन प्रहरी प्रमखु वसन्त कुँवरले बताएका छन् ।

तर, त्यो गाडी घिमिरेको हो वा होइन भन्नेबारेमा अहिलेसम्म पुष्टि भएको छैन । त्यसअघि भदौं २४ मा सोही स्थानमा खसेको ट्रक अझै भेटिएको छैन । सो गाडीलाई बाहिर निकाल्ने तयारी भइरहेको छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खस्दा घिमिरेसहित तीन दाजुभाई बेपत्ता छन् ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको थयिो । घिमिरेका गाडी चालक विष्णु राईको उपचार भइरहेको छ ।