एजेन्सी । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणका पीडित परिवारले साउदी सरकारविरुद्ध मुद्दा हाल्न पाउने एउटा विधेयकलाई अमेरिकी संसदले पारित गरेको छ ।
साउदी विरुद्ध मुद्धा चलाउन मिल्ने सो विधेयकविरुद्ध ओबामाले भिटो प्रयोग गरेका थिए । आतंकवादको पक्षपोषण् गर्नेविरुद्ध न्याय अधिनियम (जास्टा) नामको विधेयक रोक्न ओबामाले निकै प्रयास गरेपनि सफल हुन नसकेका हुन् ।
अमेरिकी कंग्रेसमा भिटो अस्विकार गर्ने पक्षमा ९७ र भिटोको पक्षमा एकमात्र मत परेको छ । ओबामाको ८ वर्षे कार्यकालमा भिटो अस्विकृत भएको यो पहिलो घटना हो । उनले आफ्नो कार्यकालभरी १२ वटा भिटो प्रयोग गरेका थिए ।
ओबामाले आफ्नो भिटो अस्विकृत भएपनि यसलाई गलत निर्णयको संज्ञा दिएका छन् । संसदको यो फैसलाले राष्ट्रपतिको सम्प्रभुताको अधिकारको अवधारणालाई अन्त्य गरेको उनको भनाई छ ।
यो कानुनका कारण अमेरिकी फौज र अधिकारीहरु पनि विदेशमा कानुनी कारबाहीको दायरामा आउन सक्ने ओबामाले चिन्ता व्यक्त गर्दै आएका छन् ।