भारतीय सेना पाकिस्तानी भूमिमा, दुई पाकिस्तानी सेनाको हत्या

भारतीय सेना पाकिस्तानी भूमिमा, दुई पाकिस्तानी सेनाको हत्या

india-armyएजेन्सी । भारत र पाकिस्तानी सेनाबीच कास्मिरको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । गोली हानाहानमा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमले भने पाकिस्तानी सेनाले उत्तरी कास्मिरको नौगाम क्षेत्रमा रहेको भारतीय सैनिक पोस्टमा मध्यरातमा आक्रमण गरेको आरोप लगाएका छन् ।

भारतीय सेनातर्फ भने कुनै क्षति भएको छैन । भारतले पाकिस्तानलाई आतंकवादी राष्ट्रको रुपमा चित्रित गर्दै आक्रमण गर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायमा कुरा राख्दै आएको छ ।

भारत नियन्त्रित कास्मिरमा १८ जना भारतीय सेनाको ज्यान जाने गरि लडाकु समूहले गरेको आक्रमणपछि भारत पाकिस्तानमाथि आक्रमक रुपमा प्रस्तुत भएको छ । भारतले गरेको पछिल्लो आक्रमणलाई त्यसकै कडीका रुपमा हेरिएको छ ।