बार्सिलोना र आर्सनल विजयी, सिटी बराबरीमा रोकियो

बार्सिलोना र आर्सनल विजयी, सिटी बराबरीमा रोकियो

barcelonaकाठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा बार्सिलोना र आर्सनलले जित निकालेका छन् ।

समूह ए को खेलमा इङ्लिस क्लब आर्सनलले स्वीट्जरल्याण्डको एफसी बाजललाई २–१ ले हरायो ।

बुधबारराति नै भएको अर्को खेलमा स्पेनको बार्सिलोनाले जर्मनीको बोरुसिया एम्ब्याचलाई २–१ ले नै पराजित गरेको हो ।

यता, म्यानचेस्टर सिटीलाई सेल्टीकले ३–३ गोलको बराबरीमा रोक्दा बायर्न म्युनिखलाई एथ्लेटिको मड्रिडले १–० ले पराजित गरेको हो ।

अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–ले हरायो ।

समूह बी का खेलमा टर्कीस क्लब बेसिक्तास र युक्रेनको डाइनामो किभले १–१ गोलको बराबरी खेल्दा ईटालीको नापोलीले पोर्चुगलको बेनीफीकालाई ४–२ ले हरायो ।

समुह डी का खेलहरुमा रुसको एफ.सी रोस्तोभ र नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।