कमरेड ‘गौरव’ उर्फ सिपी (चन्द्र प्रसाद) गजुरेल नेपाली कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गरेको नाम हो । हरेक व्यक्तिलाई राजनीतिमा आउन प्रेरित गर्र्ने खास घटनाक्रमसहितको पृष्ठभूमि भएजस्तै सिपी गजुरेलको पनि आफ्नै पृष्ठभूमि छ । २०१७ साल अर्थात् तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेर पञ्चायती शासन व्यवस्था सुरु गर्दा गजुरेल १२ वर्षका थिए । ०१५ सालको चुनावमा सिन्धुली जिल्लामा कांग्रेस पार्टीका तर्फबाट उमेद्वार बनेका कूलचन्द्र कोइरालाहरु उनको घरमा सेल्टर लिने गर्दथे । उनका बुवाका नातेदार भएकाले पनि कांग्रेसका नेताहरुको बाक्लो उपस्थिति हुने गर्दथ्यो । त्यसबेला पञ्चायती व्यवस्थाका विरुद्ध कांग्रेसले निकालेका बुलेटिनहरु उनले चाख राखेर पढ्थे । र, कांग्रेसका नेताहरुले गरेको कुराकानीलाई निकै चाख राखेर सुन्ने गर्दथे । सिपी सम्झन्छन्, ‘आमाले सुत्न जा भनेर कराउनु हुन्थ्यो । तर राती राती कांग्रेसका नेताहरुले गरेको कुराकानी म भ¥याङमुनि उभिएर सुनिरहन्थेँ ।’ उनलाई पञ्चायती व्यवस्था र राजतन्त्रप्रति घृणाभाव जगाउन र राजनीतिप्रति लाग्न यस्तै घटनाक्रमले प्रेरणादायी भूमिका खेले ।

img_7691

    २०२१ सालमा एसएलसी पास गरेका सीपी गजुरेल ०२२ सालमा काठमाडौंको त्रि–चन्द्र कलेजमा विज्ञान संकायमा भर्ना भए । त्यसबेला विद्यार्थी राजनीतिको माहौल गरमागरम थियो । विद्यार्थीहरुमा पञ्चायती व्यवस्थाविरोधी चेतना जागृत हुँदै थियो । विद्यार्थी राजनीतिको त्यो माहौलले राजनीतिलाई नजिकबाट बुझ्न सीपीलाई निकै सजिलो र सहज बनायो । त्यसबेला बजारमा यत्रतत्र चाइनिज साहित्यहरु पाइन्थे, निकै सस्तो मूल्यमा र फ्रीमा पनि । माओका भोल्यूमहरु र रेडबुकहरु निकै चासो र जिज्ञासासाथ पढ्ने अवसर मिल्यो । माओसँगै माक्र्स र लेनिनका किताबहरु पढ्दै जाँदा र तत्कालीन राजनीतिक माहौलको अध्ययन गर्दै जाँदा सीपी गजुरेलमा कम्युनिष्ट विचार र चेतनाले अमिट छाप छोडिसकेको थियो ।

img_7690

ऋषिराज देवकोटा‘आजाद’सँगको सहयात्रा
    कक्षा ७ देखि एसएलसीसम्म ऋषिराज देवकोटा र सिपी गजुरेलले एउटै स्कूलमा सँगसँगै पढे र सँगै एसएलसी पास गरे । सीपी त्रि–चन्द्र कलेजमा विज्ञान संकायमा भर्ना भए भने आजादले भने पाटन कलेज र मानविकी संकाय रोजे । चाइनिज र तत्कालीन परिस्थितिको गहिराइपूर्वक अध्ययन गरेपछि दुवैलाई लाग्यो– व्यवस्था बदल्न कम्युनिष्ट पार्टी बनाएर संघर्ष गर्नुपर्छ र त्यसका लागि गाउँ जानुपर्छ । कलेजका दुईवर्षमा दुवै जनाले सघनरुपमा राजनीति र तत्कालीन व्यवस्थाका विरुद्धमा कसरी जाने ? सही बाटो के हुनसक्छ ? भन्ने विषयमा विचार विमर्श भयो । दुवै जनाको निष्कर्ष अनुसार इन्टरलेवलको पढाइ सकेर दुवैजना जिल्ला (गाउँ) फर्के– कम्युनिष्ट पार्टी बनाएर संघर्ष गर्ने निष्कर्षसहित ।

बनें शिक्षक गरे कम्युनिष्ट राजनीति
    तत्कालीन समयमा आइएस्सी गरिसकेपछि इञ्जिनियरिड्, विएस्सी एजी गर्ने, विदेश गएर पढ्ने तथा सरकारी निकायमा राम्रै सुविधाको जागिर खान पाइन्थ्यो । तर ती अवसरपछि लाग्ने भन्दा पनि व्यवस्था बदल्ने र गरिखाने वर्गको व्यवस्था ल्याउने असीम भोक ती युवाहरुमा जागेको थियो । त्यसप्रतिको उनीहरुमा विकसित दृढ इच्छाशक्ति र कृतसंकल्पले जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि आफ्नो उद्देश्यमा अगाडि बढ्ने आत्मविश्वास पैदा गराइसकेको थियो ।

img_7693

    आइएस्सी पास गरेकाले सिपी गजुरेललाई शिक्षक बन्न गाह्रो भएन । त्यसबेला विज्ञान शिक्षकको निकै खोजी हुन्थ्यो । उनी आफैले पढेको कमला हाई स्कूलमा शिक्षक बने । ऋषि देवकोटा‘आजाद’ भने आफ्नै गाउँ सिन्धुलीको खुर्कोटमा स्थानीय जनताको पहलमा नि मा वी स्तरको स्कूल खडा गरी त्यसको हेडमास्टर बने । एक वर्ष पढाएर सी पी फेरी बी एस्सी पढ्न त्रि चन्द्र कलेज मै भर्ना भए । बि एस्सी सकेर उनी फेरि शिक्षक कै काममा लागे । शिक्षक पेशा अँगाले पनि उनीहरुको मुख्य काम जिल्लामा कम्युनिष्ट पार्टी बनाएर संघर्ष अगाडि बढाउनु थियो । जिल्ला बाहिर पनि कम्युनिष्ट राजनीतिको विजारोपण गर्ने उद्देश्यसहित रामेछापको गौरी शंकर हाई स्कूलमा, दोलखाको जिरीमा स्वीस सरकारको सहयोगमा स्थापित जिरी बहुउद्देश्यिय हाई स्कुलमा सिपीले तीन वर्ष जति पढाए भने सिन्धुलीकै रातमाटाको प्रगतिशिल हाई स्कूलमा पनि छोटोसमय पढाए । उनीहरु दिउसो स्कूलमा पढाउँथे, राती राती जनतालाई जम्मा पारेर राजनीतिक क्लासहरु दिने गर्दथे । कम्युनिष्ट विचारको प्रचार गर्न र जनतालाई संगठित गर्न उनीहरुले नाटक लेख्ने, खेल्ने, पुस्तकालयहरु संचालन गर्ने, पौढ शिक्षाहरु संचालनलगायतका काम पनि गरे ।

img_7696

०२३ सालमा ‘नेपाल कम्युनिष्ट पार्टी सिन्धुली’को स्थापना
    भएका सबै कम्युनिष्ट पार्टीका केन्द्र संशोधनवादी भएको निष्कर्ष निकाल्दै ०२३ सालमा नै कुनै पनि केन्द्र नमान्ने भनेर ‘नेपाल कम्युनिष्ट पार्टी सिन्धुली’ स्थापना गरेर भूमिगत रुपमा गतिविधि सञ्चालन गर्न थालेपछि सबैको ध्यान ऋषिराज देवकोटा र सिपी गजुरेलतिर बढ्दै गयो । जिल्लाका मोहन घिमिरे, ठगेन्द्र घिमिरे, रामेश्वर कोइराला, भूवन चौलागाइँलगायत सात जनाको पार्टी बनाएर उनीहरुले सुकुम्बासी आन्दोलन र विद्यार्थी आन्दोलनलाई अगाडि बढाए । पटक पटक जेल जाने र छुट्न थाले । जिल्लाका जाली फटाहाहरुका विरुद्धमा आन्दोलन बढाउँदै जाँदा अन्य जिल्लाहरुमा पनि उनीहरुको चर्चा बढ्न थाल्यो । ०२५-०२६ सालतिर तत्कालीन अवस्थामा सक्रिय रहेका कम्युनिष्ट नामका पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, केशरजंग रायमाझी समूहरुका नेताहरुले सम्पर्क जोड्न खोजे, उनीहरु सबैले आ–आफ्ना डकुमेन्टहरु अध्ययन गर्न भनी दिए । पछि ०२८ सालमा झापा विद्रोह भएपछि त्यसका नेता कार्यकर्ताहरु पनि सिपी गजुरेल र देवकोटालाई खोज्दै आउन थाले । झापा विद्रोहीहरुलाई उनीहरुले निकै सहयोग गरे । झापा विद्रोहीहरुले चारु मजुमदारका थुप्रै रचनाहरु अध्ययनका लागि उनीहरुलाई उपलब्ध गराए । ०२९ सालमा कम्युनिष्ट न्यूक्लियस सँग पनि सिन्धुली कम्युनिष्ट पार्टीको सम्पर्क हुन पुग्यो ।

img_7698

०३१ सालमा सिन्धुली कम्युनिष्ट पार्टीको पहिलो जिल्ला सम्मेलन
झापा विद्रोहीहरु र न्यूक्लियसका डकुमेन्टहरु अध्ययन गरेपछि जिल्ला पार्टीभित्र अब एउटा क्रान्तिकारी केन्द्र बनाउने भूमिका त खेल्नु पर्छ, न्यूक्लियसतिर लाग्ने कि झापा विद्रोहीतिर भन्ने छलफल चल्यो । दुईवर्षसम्म चलेको अध्ययन र छलफलपछि सो को निर्णय गर्र्न ०३१ सालमा सिन्धुलीको काउसे गाउँ नजिकैको कमला र चँदाहा खोलाको दोभानमा पहिलो जिल्ला सम्मेलन गरियो । सम्मेलनले ऋषि देवकोटा, सिपी गजुरेलसहित अधिकांशले न्यूक्लियसको पक्षमा मत जाहेर गरे । त्यही सम्मेलनले न्यूक्लियसले ०३१ मै वनारसमा आयोजना गरेको पार्टीको चौथो महाधिवेशनका लागि जिल्लाको तर्फबाट ऋषिराज देवकोटा र सिपी गजुरेललाई प्रतिनिधि चुन्यो । चौथो महाधिवेशनबाट ऋषिराज देवकोटा पूर्वी क्षेत्रको तर्फबाट वैकल्पिक केन्द्रीय सदस्य बने भने सिपी गजुरेल सिन्धुली जिल्लाको पार्टी सेक्रेटरी । मोहन विक्रमसिंह, निर्मल लामा र जयगोविन्द शाह मुख्य नेतृत्वमा थिए । त्यसबेला मोहन वैद्य जेलमा रहेका थिए ।

img_7706

कुटपिट आन्दोलन र जेलजीवन
    सिपी गजुरेल सिन्धुलीको सेक्रेटरी बनेपछि ०३२ सालमा राजतन्त्रविरोधी पर्चाहरु जिल्लाभरि व्यापक छरियो । त्यसपछि राज्यले ठाउँ ठाउँ पुलिस बिट राखेर दमन गर्न सुरु ग¥यो । जिल्लाका केही नेता कार्यकर्ताहरु गिरफ्तारमा परे । प्रमाण नभेटेकोले सीपीलाई भने सामान्य बयान पछि छाडि दियो । ०३४ सालमा पार्टीले जिल्लामा कुटपिट आन्दोलन चलायो । त्यो आन्दोलन मुख्यगरी गाउँका सामन्त, जाली, फटाहाहरुप्रति लक्षित थियो । त्यही आन्दोलनको क्रममा एकजना फटाहाको कुटपिटको क्रममा मृत्यु भयो, यद्यपि कसैको ज्यान नजाओस् भन्ने विषयमा सतर्क रहने निर्देशन दिइएको थियो । त्यसपछि सिन्धुलीमा राज्यले दमन थप बढायो । त्यही दमनको बीचमा सिपी गजुरेलसहित सैयौं जना गिरफ्तारमा परे । करिव दुई महिनाको दमन र यातना पश्चात् अन्य कार्यकर्ताहरुलाई छोडे पनि सिपी लगायत २५ जना जतिलाई भने छाडेन । उनीहरुलाई राजकाजसम्बन्धी मुद्दा लगाइएको थियो । सातवटा जिल्लाको जेलमा सरुवा गर्दै नख्खु कारागारमा राखिएको बेला ०३६ सालमा जनमत संग्रहको घोषणा भयो । जनमत संग्रहका लागि राजबन्दी रिहाइ हुनुपर्नेसहितका सात सुत्रीय सर्त राखेर कांग्रेस, वामपन्थी पार्टीहरुले आन्दोलन गरिरहेको थिए । त्यही क्रममा ०३७ सालमा सिपी गजुरेल नख्खु जेलबाट रिहाइ भए । पार्टीको निर्देशन अनुसार रिहाईपछि बहुदलको पक्षमा भोट हालेर उनी भूमिगत भए । र, पार्टी सम्पर्कमा दरभंगा पुगे ।

पार्टीभित्र बढ्दो आजादको असन्तुष्टी
जेलबाट छुटेर पार्टी सम्पर्कमा पुगेपछि सिपीलाई बल्ल थाहा भयो कि पार्टी नेतृत्वमा अन्तर्विरोधहरु छताछुल्ल भएको रहेछ । मोहनविक्रम सिंह, निर्मल लामा र जयगोविन्द साहसँग ऋषिराज देवकोटाको असन्तुष्टी र अन्तरविरोध तीव्ररुपले बढेको रहेछ । देवकोटाले नेतृत्वको जथाभावी आलोचना गर्ने, सार्वजनिक टिप्पणी गर्दै हिंडेको देखेपछि सिपीले आजादलाई सम्झाउने कोशिस गरे । चित्त नबुझेका कुरा बैठक, भेला, सम्मेलनमा व्यवस्थित रुपमा राख्नुपर्छ भनेर । त्यसबेला गोरखपुरमा आयोजना गरिएको बैठकमा देवकोटा गएनन् । किन नगएको भनेर सोध्दा, खर्च नभएर नगएको भनेपछि देवकोटालाई बैठकमा जान बाटो खर्च खोजेर दिएको सम्झँदै सिपी भन्छन्, “उहाँ त बैठकमा जान बाटो खर्चका लागि दिएको पैसाले त पार्टीको विरुद्धमा पर्चा निकालेर पो बाँड्दै हिंड्न थाल्नुभएछ ।” त्यो कुरा पार्टीको नेतृृत्वलाई थाहा भएपछि देवकोटालाई पार्टीले केन्द्रीय सदस्यबाट हटायो । त्यसबेला पार्टीको क्षेत्रीय व्यूरोको जिम्मेवारीमा रहेका सिपीलाई पार्टीले पूर्वी क्षेत्रका तर्फबाट केन्द्रीय सदस्य बनायो । क. खुवीराम आचार्यले स्वास्थका कारण केन्द्रीय समितिबाट राजिनामा दिए पछि कारवाही पूरा गरेर मोहन बिक्रमलाई पनि त्यसै बैठकले पुनः केन्द्रीय समितिमा ल्यायो ।

            ०४० सालमा पार्टी फुट्यो । सिपी गजुरेल फुटपछि बनेको मसालमा लागे । ०४० सालमै भएको पार्टीको राष्ट्रिय सम्मेलनमा उनी पार्टीको बैकल्पिक पोलिटब्यूरोमा चुनिए । ०४१ सालमा फेरि मसाल फुटेर मोटो र पातलो मसाल बन्यो । मोहन वैद्यले नेतृत्व गरेको मोटो मशालतिर लागे सिपी । सो पार्टीमा वैद्यपछिका बरिष्ठ नेता उनै थिए ।

img_7713

०४२ सालको सेक्टरकाण्ड र प्रचण्डको डब्बल प्रमोसन
    त्यसबेला पार्टीको उपत्यका ब्यूरोका सेक्रेटरी थिए देव गुरुङ, प्रचण्ड युवा लिगका अध्यक्ष थिए । पार्टीले पंचायती चुनावलाई वहिष्कार गर्न विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो । पार्टीको उपत्यका ब्युरोको बैठकमा गुरुङले सीपीलाई पनि आमन्त्रित गरे । उपत्यकामा विस्तार हुँदै गरेका पुलिसविटले भूमिगत गतिविधि गर्न समस्या पारेको र सामान्य जनतालाई पनि दुख दिने काम गरेको थियो । वहिष्कार आन्दोलन कै क्रममा प्रहरी बिट तोडफोड गर्ने भन्ने प्रस्ताव ब्युरोमा आयो । उनी सम्झन्छन्, “योजना सुन्दा मलाई पनि ठिकै लाग्यो ।” तर पुलिसको सेक्टरमाथि आक्रमण गर्ने योजना बनाउँदा पार्टीका महामन्त्री मोहन वैद्य भने उपत्यका  बाहिर थिए । आक्रमण गरियो । आक्रमणपछि प्रहरीले दमन बढायो । सुरुमा त कसले ग¥यो आक्रमण भन्ने प¥यो । पछि देव गुरुङलगायतले पार्टी नेतृत्वलाई आक्रमणको जिम्मा लिन दबाब दिएपछि महामन्त्री बैद्यले विज्ञप्ती निकालेर घटनाको जिम्मा लिए । आक्रमण गरेपछि पुलिसले दमन गर्र्नु स्वभाविक थियो । सेक्टर घटनापछि उपत्यकामा प्रहरीले व्यापक दमन ग¥यो । र, केही साथीहरु गिरफ्तारमा परे । यसैलाई कारण देखाएर पटक पटक बैठकमा सेक्टरकाण्डको विषय उठाउन थालियो । साथीहरुको गिरफ्तारीको विषयलाई मुख्य मुद्दा बनाएर नेतृत्वको आलोचना गर्न थालियो । यसैलाई आधार बनाएर पार्टी महामन्त्री बैद्यले महामन्त्रीको पदबाट राजीनामा दिंदै ‘स्टेप डाउन’को प्रस्ताव गरे । महामन्त्रीको यस्तो प्रस्तावले पार्टीमा दोस्रो बरियाताका नेता सिपी गजुरेललाई झन् नैतिक संकट प¥यो । सेक्टरमाथि आक्रमणको योजना आफ्नै उपस्थितिमा बनेको थियो । त्यसैले उनी पनि अध्यक्षसँगै स्टेप डाउन भए । र, अध्यक्ष वैद्यले पार्टी नेतृत्वका लागि प्रचण्डलाई अगाडि सारेपछि प्रचण्डको डब्बल प्रमोसन भयो । र, प्रचण्ड बने पार्टीको महामन्त्री ।

सिपी गजुरेलप्रति प्रचण्डको बक्रदृष्टि
    प्रचण्ड पार्टीको नेतृत्वमा आएदेखि कहिल्यै पनि सिपीसँग सुमधुर सम्बन्ध रहेन । प्रचण्डले सँधै सिपीलाई आफ्नो प्रतिस्पर्धी ठानिरहे र उनलाई पछि पार्न अनेकौं जाल, झेल र षड्यन्त्र गरे । नैतिकताको आधारमा राजीनामा नदिएको अवस्थामा वैद्यपछि पार्टीको नेतृत्व स्वतः सिपीको नेतृत्वमा आउथ्यो । यो यथार्थलाई बुझेका प्रचण्डले सिपीलाई सँधै साइड लगाउन खोजिरहे । यसको अर्को पनि कारण छ । सिपी भन्छन्, “उनको म सबैभन्दा बढी आलोचक थिएँ । मलाई गलत लागेका कुरा म जोडदिएर राख्ने गर्दथेँ । सबैले समर्थन गरेको भएपनि मलाई गलत लाग्यो भने म उनको आलोचना गरिहाल्थेँ ।”

    जनयुद्ध सुरु गर्दा सिपी गजुरेललाई पूर्वी कमाण्डको इन्चार्ज बनाइयो । दुईवर्षपछि भूगोलबाट हटाएर अन्तर्राष्ट्रिय क्षेत्रको काममा खटाइयो । सिपीको दावी छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रबाट रिम र अन्य भाइचराहरुको सहयोग नपाइएको अवस्थामा जनयुद्ध अगाडि बढाउन सम्भव थिएन । त्यो सहयोग जुटाउनेमा मुख्यतः अन्तर्राष्ट्रिय विभागकोे भूमिका रह्यो । जनयुद्धको पृष्ठभूमि तयार पार्ने काममा विचार, दर्शन र राजनीतिको क्षेत्रमा किरण कमरेडको मुख्य भूमिका थियो भने अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने र सहयोग जुटाउनेमा मेरो मुख्य भूमिका थियो ।” पार्टीभित्र र बाहिर त्यतीखेर आफूभन्दा स्थापित नेता भएकोले पनि होला प्रचण्डले कमरेड सिपीबाट सँधै खतरा देखिरहे । र, उनलाई आफ्नो बाटोबाट पन्छाउन खोजिरहे ।

चेन्नेइ गिरफ्तारीपछि प्रचण्डले दिए थप दवाब
    ३ भदौ २०६० मा पार्टीको योजनामा युरोप जानेक्रममा भारतको तामिलनाडु राज्यमा पर्ने चेन्नई विमानस्थलबाट सीपी गजुरेल गिरफ्तारीमा परे । यो गिरफ्तारीमा प्रचण्डको हात छ कि भनेर सोद्धा उनले त्यस्तो होइन, यो स्वभाविक रुपमा भएको भन्ने जवाफ दिने गरेका थिए । तर, भारतका नेपालविज्ञ प्रो.एसडि मुनिले गरेको खुलासादेखि पत्रकार सुधिर शर्माको ‘प्रयोगशाला’ हुँदै पत्रकार प्रशान्त झाको ‘गणतन्त्रको संघर्ष’सम्ममा प्रचण्ड–बाबुरामका बारेमा गरिएको बयानलाई पढे बुझेपछि भने आफ्नो गिरफ्तारी योजनाबद्ध नै रहेछ कि भन्ने शंका लाग्न थालेको छ कमरेड सिपीलाई । उनी गिरफ्तारीमा परेपछि अन्तर्राष्ट्रिय समुदायमा सिपीको चर्चा बाक्लियो । त्यसबाट प्रचण्ड अझ हैरान भए । उनी चाहन्थे कि देशभित्र र बाहिर उनको मात्र चर्चा होस् । विदेशी भाइचाराहरु, वकिल, पत्रकार, समर्थक, शुभचिन्तकहरुको चेन्नेइ जेलमा भिड लाग्न थालेपछि मुद्दा अन्तर्राष्ट्रियकरण नहोस् भन्ने मनसाय राखेका प्रचण्डमा यति बेचैनी बढ्यो कि कमरेड सिपी गजुरेललाई बाहिरबाट पिउने पानी, खानेकुरा, पार्टीको आन्तरिक समाचार ल्याउनका साथै वकिल र बाहिरबाट भेट्न आउनेहरु सँग पनि सम्पर्क गरिरहेकी जीवन संगिनीलाई चेन्नेइ छोडेर नेपाल आउन-ल्याउन निकै ठूलो दबाब दिइयो । सिपीको समर्थन यति धेरै बढेको थियो कि भारतले नेपालको सरकारलाई सुपुदर्गी गर्न खोज्दा सिपीको पक्षबाट वकालत गरेका र अन्य वकिलहरुले सडकमा सुतेर प्रहरीको गाडीलाई अवरोध पु¥याएपछि त्यो योजना असफल भयो । हाईकोर्टका ३३ जना वकिलहरुले उनको पक्षमा वकालत गरेका थिए ।

    अनवरतरुपमा पार्टी र आन्दोलनमा भूमिका निर्वाह गरिरहेका नेता गजुरेललाई प्रचण्डले स्थायी समितिको जिम्मेवारीमा सम्म पनि राख्ने प्रस्ताव ल्याएनन् । जेलबाट छुटेर आएपछि पार्टी बहुपदीयमा जाँदा उनलाई पदाधिकारी टिममा नै राखिएन । नेता गजुरेल स्मरण गर्छन्, “केन्द्रका युवा नेताहरुले चर्कै विरोध जनाएपछि मात्र केन्द्रको सचिव बनाएका हुन् ।” प्रचण्डले यतिसाह्रो खेदो खन्नुको कारण हो– प्रचण्ड आलोचना पटक्कै मनपराउँदैनन्, उनले गर्ने पार्टी र क्रान्तिहित विपरीतका गतिविधिका कमरेड सिपी खह्रो आलोचक थिए । प्रचण्डले पदाधिकारी टिम बनाए पनि महत्वपूर्ण निर्णयहरु एक्लै गर्ने गर्थे । पार्टी विभाजनपूर्व अन्तरदलीय छलफलका लागि पदाधिकारी टिमको वार्ता टोली बनाएपनि उनले एक्लै पार्टीको लाइन (जनताको संघीय गणतन्त्र)का विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रमा सम्झौता गर्न पुगे । पार्टी फुटका कारणहरु मध्ये प्रचण्डको यो शैली पनि जिम्मेबार रहेको ठहर गर्छन् सिपी गजुरेल ।

प्रतिक्रिया

सम्बन्धित खवर