काठमाडौं । सप्तकोशी नदीमा डुंगा पल्टिएको छ । श्रीलंकमा टापुबाट प्रकाशपुर ५ राजाबास आउँदै गरेको डुंगा पल्टिदा केही वेपत्ता भएको अनुमान गरिएको छ ।
डुंगा पल्टिएपछि डुंगामा सवार २२ जनाको उद्दार गरिएको छ । प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीका साथै स्थानीयबासी उद्दारमा जुटेका छन् ।
डुंगामा ४५ जना भन्दा बढी रहेको र क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।