विगत १३६ वर्षपछिको सबैभन्दा गर्मी अगस्ट

विगत १३६ वर्षपछिको सबैभन्दा गर्मी अगस्ट

aug_2016एजेन्सी । अगस्ट महिना विगत १३६ वर्षयताकै सबैभन्दा गर्मी महिनामा परेको छ ।

आधुनिक तरिकाले राखिएका विभिन्न रेकर्डअनुसार सन् २०१६ को अगस्ट महिना १३६ वर्षपछिको सबैभन्दा गर्मी महिनामा दर्ज भएको हो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अगस्ट २०१६ को गर्मी पछिल्ला ११ महिनादेखि बढ्दै आएको तापमानको परिणाम भएको जनाएको छ ।

मौसमी तापमानसम्बन्धी चक्रमा जुलाई महिना आम रुपमा सबैभन्दा गर्मी महिनाको रुपमा दर्ज हुने गरेको थियो । यसवर्ष जुलाई २०१६ ले सबैभन्दा गर्मी जुलाईको रेकर्ड पनि बनायो ।

नासाको गोडार्ड इन्स्टीट्युट फर स्पेस स्टडिज (जीआईएसएस) ले वैश्विक तापमानको मासिक विश्लेषण गरेर सन् २०१४ को तुलनामा सन् २०१६ को तापमान ०.१६ डिग्री सेल्सियस भन्दा बढी भएको बताएको हो ।

पछिल्लो महिला सन् १९५१ देखि १९८० को बीचको अगस्ट महिनाको तापमानभन्दा ०.९८ डिग्री सेल्सियस भन्दा बढी तापमान रेकर्ड भएको छ ।