प्रचण्डलाई ललिपप देखाएर चीनलाई पन्छाउने भारतको यस्तो योजना

प्रचण्डलाई ललिपप देखाएर चीनलाई पन्छाउने भारतको यस्तो योजना

modi-prachandaकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि चार दिने भारतको राजकीय भ्रमण गर्दैै छन् ।

दाहालले आफ्नो भ्रमणका क्रममा कुनैपनि दीर्घकालीन महत्वका विषयमा कुनै सन्धी सम्झैता नगर्र्ने र पुराना सन्धी सम्झौतालाई कार्यान्वयनका लागि पहल गर्ने बताइरहेका छन् ।

यद्यपि भारतले नेपाललाई ललिपप देखाएर चीनलाई नेपालबाट पन्छाउने भारतीय खतरनाक रणनीतिको भारतीय मिडियाले नै खुलासा गरेका छन् ।

राष्ट्रहितका लागि आफूले जोखिम मोल्न पाउनुपर्ने बताउँदै आएका दाहाललाई भारतमा कुनै न कुनै सन्धी गराउने भारतले योजना बनाएको छ ।

बिहीबार दैनिक जागरणले ‘संविधानको मुद्दामा प्रचण्डबाट चाँडो फैसलाको अपेक्षा’ शीर्षकमा समाचार प्रकाशित गर्दै नेपालको संविधानबारे भारतको दृष्टिकोण प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा अवगत गराइने जनाएको छ ।

navbharatसो पत्रिकाले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधनको तयारीसँग कुनै सम्बन्ध नभएको बताइरहे पनि संविधान संशोधनमा उनलाई आफ्नो विचार राख्न भारतले रत्तिभर हिच्किचाहट राख्ने छैन ।’

भारतको अर्को पत्रिका नवभारत टाइम्सले ‘प्रचण्डलाई लोभ्याएर चीनलाई इन्काउन्टर गर्नेछ भारत’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । सो समाचारमा चीनलाई साइजमा ल्याउनका लागि भारतले नेपाललाई जस्तो सुकै लोभमा फसाउन सक्ने संकेत गरिएको छ ।