च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित, मेस्सीको ह्याट्रिक

च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित, मेस्सीको ह्याट्रिक

messi-1काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरुआत गरेको छ ।

मंगलबारराति भएको खेलमा युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमा बार्सिलोनाले सेल्टीकलाई ७–० ले हराएको हो ।

खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस स्वारेजले दुई, इभा राकिटिक र आन्द्रेय इनिष्टाले एक एक गोल गरे । बार्सिलोनासँगको यो हार सेल्टीकको लागि युरोपियन फुटबलको इतिहासमै सबैभन्दा फराकिलो हार हो ।

सोही समूहको अर्को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र जर्मनीको बोरुसिया एम्ब्याच खेल्ने कार्यक्रम रहेपनि खराब मौसमका कारण रद्द भएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी र इङ्ल्यान्डको आर्सनल तथा स्विटजरल्यान्डको एफसी बासेल र बुल्गेरियाको लुदोगोरेट्स राजगार्डसँग १–१ गोलको बराबरी खेलेका छन् ।

समुह बी का खेलहरुमा ईटालीको नापोलीले युक्रेनको डाईनामो किभलाई २–१ ले हराँउदा पोर्चुगलको बेनिफिका र टर्कीको बेसिक्तासले १–१ गोलको बराबरी खेलेका छन् ।

उता समुह डी को खेलमा जर्मनीको बायर्न म्युनिखले रुसको एफ.सी रोस्तोभलाई ५–० ले हराएको छ भने नेदरल्यानण्ड्को पि.एस.भी आईन्डोभनलाई स्पेनको एथ्लेटिको मड्रिडले १–० ले पराजित गरेको छ ।