आफ्नै श्रीमती बेच्नका लागि विज्ञापन !

आफ्नै श्रीमती बेच्नका लागि विज्ञापन !

wifeएजेन्सी । हाम्रो पूर्वीय सभ्यतामा श्रीमान् श्रीमतीको सम्बन्ध एक पटकको लागि मात्रै नभएर सात जन्मसम्म पनि सँगै हुन्छ भन्ने मान्यता छ ।

तर, बेलायतमा एक पुरुषले आफ्नै पत्नीको लिलामीका लागि विज्ञापन प्रकाशित गरेका छन् ।

वेकफिल्ड योर्कशायरका ३३ वर्षीय साइमन ओकेनले आफ्नी २७ वर्षीय श्रीमती लिएन्ड्राको तस्बीर नै राखेर अनलाई लिलामी साइट ‘इबे’ मा विज्ञापन प्रकाशित गरेका हुन् ।

उनले पत्नी लिलामीका लागि विज्ञापन प्रकाशित गरेको दुई दिनमा नै ६५ हजार ८८८ पाउण्डसम्मको खरिद प्रस्ताव आएको बताइन्छ ।

उनले पत्नी बिक्री गर्नु पर्नाका कारणसमेत उल्लेख गर्दै खरिदकर्तालाई लिएन्ड्रा खरिद गर्दा हुने नाफा–नोक्सानको बारेमा पनि उल्लेख गरेका छन् ।

लिएन्ड्राले भने यो विज्ञापनबारे पछि मात्रै थाहा पाएकी थिइन् । विज्ञापनबारे थाहा पाएपछि उनी ओकेनसँग असाध्यै रिसाइन् । उनले अफिस जाँदा सहकर्मीबाट सो कुरा थाहा पाएकी थिइन् ।

‘सबैजना मलाई हेरेर हाँसिरहेका थिए,’ उनले भनिन्, ‘ओकेनप्रति मलाई निकै रिस उठिरहेको थियो ।’ पछि सो विज्ञापन साइटबाट हटाइएको छ ।

उनका पति ओकेनले भने आफूले मानिसले कतिसम्म मूल्य तिर्न सक्छन् भन्ने चाहेर विज्ञापन प्रकाशित गरेको र अन्य कुनै उद्देश्य नरहेको बताएका छन् ।