गायक तथा संगीतकार सुनील बर्देवाको निधन

गायक तथा संगीतकार सुनील बर्देवाको निधन

काठमाडौं । गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार साँझ निधन भएको छ ।

कलेजोको समस्याबाट पीडित रहेका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् ।

पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम बजारमा आएका छन् ।
उनका एक छोरा र एक छोरी रहेका छन् । श्रीमतीको भने केही वर्षअघि नै हिन भइसकेको छ ।
बर्देवाको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि बुधबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने र बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।