आज म्यानचेस्टर डर्बी भिडन्त, लेस्टर र लिभरपुल भिड्ने

आज म्यानचेस्टर डर्बी भिडन्त, लेस्टर र लिभरपुल भिड्ने

manchester-derbyकाठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार ८ खेल हुँदैछन् ।

नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने पहिलो खेलमा दाबेदार टोली म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै छन् ।

‘म्यानचेस्टर डर्बी’ का रुपमा वल्र्ड ट्राफोर्डमा हुने यी दुई दाबेदार टिमबीचको खेल रोमान्चक हुनेछ ।

त्यसैगरी, शनिबार राति पौने ८ बजे ६ ओटा खेल हुँदैछन् । बर्नमाउथले वेस्टब्रोमको सामना गर्दा आर्सनल र साउथ ह्याम्पटन भिड्नेछन् ।

त्यस्तै, वर्नले र हलसिटी, मिडल्सब्रो र क्रिस्टल प्यालेस, स्टोक सिटी र टोटनह्याम तथा वेस्ट ह्याम युनाइटेड र वार्टफोर्ड भिड्नेछन् ।

शनिबारै राति सवा १० बजे हुने अर्को खेलमा साविक विजेता लेस्टर सिटीले लिभरपुलको सामना गर्नेछ ।