काठमाडौं । एप्पलले सनफ्रान्सिस्कोमा आफ्नो नयाँ उत्पादन आईफोन सेभेन लन्च गरेको छ । यसमा परम्परागत हेडफोन सकेट छैन भने लाइटनिङ कनेक्टर राखिएको छ ।
एप्पल कम्पनीले वायरलेस एयरफोनको प्रयोगलाई बढवा दिनेगरी एयरपाट्स राखेको छ । एप्पलले यस दिशामा कदम अघि बढाउनका लागि कम्पनीले हिम्मत जुटाउनुपर्ने जनाएको छ ।
आइफोन सेभेनमा हेडफोन प्रयोग गर्नका लागि एडप्टर चाँहिने भएका कारण नयाँ फिचरले प्रयोगकर्ताहरुलाई केही सास्ती भने पर्न सक्नेछ ।
आइफोन सेभेनमा टु लेन्स क्यामेरा छ भने होम बटनले कति जोडले बटन दबाइएको छ भन्ने समेत थाहा पाउन सकिनेछ ।
विशेषज्ञहरुले हेडफोट सकेट हटाएका कारण यसको लोकप्रियतामा तत्कालका लागि असर पर्न सक्ने अनुमान गरेका छन् । एप्पल वाच टु पनि सार्वजनिक भएको छ ।
आइफोन सेभेन प्लसमा दुई वटा १२ मेगापिक्सलको क्यामरा छ । एउटामा वाइड एंगल लेन्स छ भने अर्कोमा टेलिफोटो लेन्स छ । दुई वटा क्यामराको सहायताले आइफोन सेभेन प्लसले दुई गुणासम्म अप्टिकल तथा १० गुणासम्म डिजितल जुम गर्न सक्छ । यसबाट प्रयोगकर्ताले डिएसएलआर क्यामराले खिचेको जस्तै तस्बिर खिच्न सक्छन् । यसमा थ्रिडी म्यापिङको सुविधा पनि हुनेछ ।
आफफोन तीन दशमलव दुई फिट गहिराइ भएको पानीमा ३० मिनेटसम्म नयाँ आइफोन डुबेपनि केही हुने छैन । ब्याट्री क्षमता आइफोन सेभेनमा आइफोन सिक्सको भन्दा दुई घण्टा बढी छ । यस्तै आइफोन सेभेन प्लसको ब्याट्री क्षमता आइफोन सिक्स प्लसको भन्दा एक घण्टा बढी छ । ३२ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध छ ।
अाइफाेन सेभेन ब्ल्याक, गोल्ड, सिल्भर र रोज गोल्ड कलरमा उपलब्ध छ भने यसकाे सुरूवाती मूल्य ५९९ पाउण्डबाट हुनेछ ।