काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
बिहान ११ बजे बस्ने संसद बैठकमा उनले सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सरकारको काम, आसन्न भारत भ्रमण, संविधान संशोधन, स्थानीय निकायको चुनाव लगायतका विषयमा जानकारी गराउने तयारी गरेका छन् ।
आफ्नो संबोधनका क्रममा उनले आगामी भदौं ३० गतेदेखि गर्ने भारत भ्रमणमा नेपालका तर्फबाट उठाउने एजेन्डाका विषयमा पनि संसदमार्फत जानकारी गराउने बुझिएको छ ।
सम्बोधनअघि उनले बिहान सभामुख ओनसरी घर्तीसँग भेट गरेका छन् । संसद बैठक प्रधानमन्त्रीको सम्बोधनपछि अन्य कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने भएको छ ।