काठमाडौं । अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले ३ सदस्य पछि थप्ने गरी ठमानसिंह तामाङको अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिबार ललितपुरको कुपण्डोलमा सम्पन्न संघको भेलाले उपाध्यक्षमा छोटेलाल पटेल, चन्द्रसिंह बडाल, ओम विक, महासचिवमा रमेश रोका, उपमहासचिव रनसुर महतरा, सचिवमा अमृत वल र विनोद बराम रहेका छन् ।
सचिवालय सदस्यमा रामजी बगाले, कृष्ण चौलागाई, डाकुरनाथ भट्ट, सुकदेव अधिकारी छानिएका छन् भने केन्द्रीय सदस्यहरुमा मन्दिका चौधरी, अवधेश पाल, कृष्ण आचार्य, केदार बजगाईं, करण नायर, होम विसी, कृष्णबहादुर थापा, दिपक केसी, भीम सुर्खेती, राजेश थामी, मुरारी रेग्मी, प्रवीण पन्त, रामबाबु दानाकोटी, विनोद श्रेष्ठ, राजन पुडासैनी, उमेश चौलागाईं, शेर बहादुर सिंह, चन्द्र बहादुर श्रेष्ठ, मनकुमारी राई, विपिन कटेल, रमेश दंगाल, अदेश सिंह, राजु यादव, एकराज भेटुवाल, रमेश नेपाली, गजेन्द्र खत्री, केवी मगर र माधव थापा चयन भएका छन् । भेलाले तेजबहादुर गुरुङ संयोजक र दलबहादुर थापामगर र भवानी राउत सदस्य रहेको सल्लाहकार समिति पनि बनाएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य दिनेश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईं, इश्वर तिम्सिना, फुर्नाम्गेल मोक्तान, महिला नेतृ इन्दिरा अधिकारी र मजदुर नेता बद्री चापागाईलगायतले शुभकामना मन्तव्य दिएका थिए ।