स्थानीय निकायको निर्वाचन सम्भावना छैनः वैद्य

स्थानीय निकायको निर्वाचन सम्भावना छैनः वैद्य

Press meetकोहलपुर । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले स्थानीय निकाय निर्वाचन तत्काल हुने सम्भावना नरहेको बताएका छन् । 

क्रान्तिकारी पत्रकार महासंघले शनिवार विहान बाँकेको कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा वैद्यले सत्तासिन दलहरुकै कारण स्थानीय निकायको निर्वाचन सम्भव नभएको दाबी गरे । 

आफूहरुको कारणले नभइ संसदमा रहेका प्रमुख दलहरुकै कारण निर्वाचन सम्भव नभएको उनले बताए । 

सम्भावना नै नरहेको स्थानीय निर्वाचनमा आफूहरुले भाग लिने नलिने भन्ने छलफलको विषय नै नभएको उनले बताए ।

आवश्यकताअनुसार उपयोग गर्ने अथवा बहिष्कार गर्ने नीति पार्टीको रहेको उनले बताए । निर्वाचन हुने निश्चित भएमा भाग लिने नलिनेबारे पार्टीमा छलफल गरेर मात्रै निर्णय गरिने उनले बताए । 

राष्ट्रियता र जनजीविकाको सवालमा जनताले नै राज्यविरुद्ध बन्दुक उठाउने वैद्यले बताए । त्यसको नेतृत्व भने आफ्नो पार्टीले गर्ने उनले बताए । ‘जनताको जनजीविकाको समस्याहरुसमेत समाधान भएको छैन,’ वैद्यले भने, ‘गास–बास–कपास र शिक्षा स्वास्थ्यको समस्या छ, जनता आफैले संघर्ष गर्छन, हामीले साथ दिने मात्रै हो ।’ 

विप्लवको राजनीतिक कायदिशा स्पष्ट नभएको क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले टिप्पणी गरे । वैद्यको दस्तावेज सून्यताले भनिएको उनको भनाइ थियो । कार्य्दिशा नै स्पष्ट नभएका कारण विप्लवसँग एकता हुन नसक्ने उनले बताए । 

अहिले आफूहरुले विप्लवसँग एकता गर्नेबारेको नसोँचेको भन्दै वैद्यले सिद्धान्तमा केही कम्प्रमाइज गरेमा एकता हुन पनि सक्ने वैद्यले बताए । 

नेपाली राजनीतिमा पछिल्लो समय पश्चगामी र क्रान्तिकारी दुई वटा धार देखापरेको उनले बताए । तर दक्षिणपन्थी अवसरवादलाई परास्त गर्न आफूहरु सफल भएको बैद्यको भनाइ छ ।