एजेन्सी । इन्डोनेसिया प्रहरीले एक व्यक्तिको घरमा ६५० शालक भेटिएपछि उनलाई गिरफ्तार गरेको छ ।
शालक लोपउन्मुख जनावर हो । ती व्यक्तिले ठूलो संख्यामा शालक घरमा राखेको पाइएपछि गिरफ्तार गरिएको हो ।
प्रहरी उनको घरमा फ्रिजरमा राखेको शालक देखेर प्रहरी समेत अचम्ममा परेका थिए । चोरी शिकारीका कारण शालक लोपोन्मुख अवस्थामा रहेको छ ।
एसियाका कतिपय देशमा शालक मासु खानदेखि त्यसको खपटा बेच्नका लागि समेत चोरी सिकारी हुने गरेको छ ।