चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट शनिबार बिहान त्रिशूली नदीमा ट्रक खसेर दुर्घटना भएको छ ।
दुर्घटनामा परेका ७ जनालाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ४५५६ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डुबेको अवस्थामा छ ।
ट्रकबाट तीन बालबालिका, दुई महिला र दुई पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
करिब बिहान ७ बजेतिर ट्रक खसेको अनुमान गरिएको छ । उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले उद्धार गरेको हो ।