हजारौं वर्षअघिको कुरा हो, तीनतिर घनघोर जंगलले घेरिएको बीचमा एक जाति मानिस बस्दथे । तिनीहरु बलिया र बहादुर थिए । त्यसैले आनन्दले आफ्ना जीवन बिताइरहेका थिए । एकदिन तिनीहरुमाथि एउटा विपत्ति आइप¥यो । तिनीहरुभन्दा धेरै बलिया र निर्दयी आलिन जातिले अचानक त्यहाँ तिनीहरुलाई त्यो मैदानबाट घनघोर जंगलभित्र पठाए । त्यो जंगल दिउँसै अँध्यारो र निकै दुर्गन्धित थियो । त्यहाँका रुखहरु धेरै पुराना थिए । तिनीहरुका हाङ्गाबिङ्गाहरु कसरी जट्ठा भइरहेका थिए भने सूर्यको किरण जमिनसम्म पनि घुस्न सकिंदैनथ्यो । कहिलेकाहीं यस जातिका आइमाइ र केटाकेहीहरु रुन्थे र लोग्ने मानिसहरु निराश हुन्थे । बाँच्ने हो भने त्यो जंगलबाट अवश्य जानु पर्छि भनी तिनीहरु विचार गर्दथे । तर त्यो जंगलबाट जाने हो भने उनीहरुका सामु दुईटा मात्र बाटो थियो– एउटा बाटो थियो पुरानो ठाउँमा फर्केर जानु र अर्को थियो अगाडि बढ्नु । फर्केर गएमा बलिया र निदयी जातिको फेला पर्ने भयो । अघिल्तिर अजम्बर रुखहरुका बलिया लहराहरु धपिलो जमिनमा जबर्जस्त गाँठो परी बेरिएर तिनीहरुको बाटोमा पर्खाल झै उभिरहेका थिए । दिउसो रुखहरु चुपचापसँग उभिरहन्थे, रातमा बत्ती बाल्दा ती रुखहरु मानिसहरुसँगै टाँसिन आएजस्तो लाग्दथ्यो । खुल्ला घाँसको मैदानमा आनन्दसँग रहेका यी मानिसहरु अब दुर्गन्धले भरिएको अन्धकार जंगलमा खुम्चिरहेका थिए । रुखहरुको टुप्पाबाट हावा बहँदाखेरि त सिंगै जंगल नै अधm भयंकर डरलाग्दो आवाजले गुंजिन्थ्यो ।
यी मानिसहरु बलिया थिए । तिनीहरु आफूलाई लघारेर पठाएकाहरुसँग लड्न पनि चाहन्थे । तर उनीहरुले लडाइमा मर्न हिम्मत गरेनन्, किनभने तिनीहरुको आफ्नो जातित्व बचाउने परम्परा थियो । यदि तिनीहरु मारिए भने तिनीहरुको आफ्नो परम्परा पनि सँगसँगै नासिने भयो । यही कारणले गर्दा तिनीहरु जंगलको धापको विषालु दुर्गन्धको बीचमा रहेर पनि कष्टमय दिनहरु ीबताउन वाध्य भएका थिए । तिनीहरुको चारैतिर सूर्यको किरणबाट मौन छायाँ पर्दा कस्तो देखिन्थ्यो भने त्यो छायाँ होइन, बरु जंगलका दुर्गन्धित पिशाचहरु आफ्नो बिजयका नाचहरु नाचिरहेका थिए । निर्धोपनाले गर्दा आइमाइहरुको शरीर जमिनमा घिस्रिन्थ्यो । लोग्नेमानिसहरुको आत्मा दुःखको धापमा परेको थियो । यसरी यी मानिसहरु आफ्नो विचारमा झन्झन् कमजोर हुँदै गए । उनीहरुमा डर र त्रास पैदा भए । उनीहरुका बलिया पाखुराहरु बन्धनमा फँसे । आइमाइहरु ीवषालु दुर्गन्धको कारणबाट मेरका लासमाथि घिस्रदै र डरत्रासले ग्रस्त ती बाँचिरहको भाग्य देखी अति विताप गर्न थाले । काथर शब्दहरु ज्ंगलको बीचमा गुञ्जन लागे । पहिले त यी काथर शब्दहरु भ्यपूर्ण तर सानो स्वरमा बिस्तारै गुञ्जन थाले । पछि त ती ठूलठूला स्वरमा जुन्जिन लागे । केही उपाय नपाउँदा ती मानिसहरुले शुत्रुकहाँ गएर आफ्नो स्वतन्त्रता गुमाउनेसम्म पनि निश्चय गरिसकेका थिए । उनीहरुले कुनै किसिमको दास जीवनबाट नडराई सहने क्षमता बढाए । यसै बेला डेन्को भन्ने एकजना मानिस तिनीहरुको बीचमा देखाप¥यो र उनले ती असाय टुहुरा मानिसहरुलाई बँचाए ।
डेन्को ती मानिसहरुमध्ये एक जवान र राम्रो मानिस थिए । राम्रो मानिस अक्सर बहादुर नै हुन्छन् । डेन्कोले आफ्ना साथीहरुलाई भने, “हामीहरु विचारमा मात्र डुबेर बाटोमा रहेका चट्टानहरुलाई हटाउन सक्दैनौं । जसले केही पनि गर्दैन, उसले कुनै चीज पनि प्राप्त गर्न सक्दैन । हामीले दुःख मानेर विचारमा डुबेर आफ्नो शक्ति किन खेर फालिरहने ? उठ हे साथीहरु हे । आउ, जंगलबाट हामी आफ्नो बाटो बनाऔं । यो जंगलको अन्त अवश्इ हुनुपर्छ । संसारको कुनै पनि वस्तुको अन्त छ । लौं हिड, आऊ ” भन्दै उनी अगाडि बढे । बसैले डेन्कोलाई हेरे र के देखे भने उनी उनीहरुमध्ये सबभन्दा असल मानिस थिए । उसको आँखामा शक्तिशाली जीवन–अग्नी चम्किरहेको थियो । उनीहरु सबैले डेन्कोलाई नै आफ्नो आपत्तिको सहारा बनाए ।
”लौं हिडौं” भन्दै उनीहरु सबै डेन्कोको पछिपछि लागे र उनले उनीहरुलाई बाटो देखाए । डेन्कोले तिनीहरुलाई नेतृत्व गर्दै लैजाँदा सबै मानिस एकै ढिक्का भएर उसको पछि लागे, किनभने तिनीहरुले उनको विश्वास गरेका थिए । बाटो कठीन थियो, अँध्यारो थियो । पाइला पाइलामा दुर्गन्धित धापले मानिसहरुलाई जिउँदै निल्न खोज्थ्यो । रुखहरु बाटोमा अग्लो ढुंङ्गे पर्खाल झै उभेका थिए । तिनका हाङ्गाबिङ्गाहरु बाङ्गो भई एकले अर्कोलाई बेरिरहेका थिए । जराहरु ज्मिनबाट निस्केर कालो सर्पझैं फेरि जमिनमा नै धसिरहेका थिए । प्रत्येक पाइलामा ती मानिसहरुका शरीरबाट हजारौं थोपा पसिना तथा रगत चुहिन्थे । तिनीहरुले आफ्नो बाटामा लामो समयसम्म संघर्ष गर्दै गए । जतिजति तिनीहरु जंगलभित्र पसे, उनीहरु त्यति नै बढी बाक्लो जंगलको बीचमा परे । तिनीहरुको शक्ति क्षीण हुँदै गयो । त्यसकारण तिनीहरुले डेन्कोको विरुद्ध कुरा चलाउन थाले । “यो जवान, अनुभव नभएको मानिसले हामीलाई कता लैजान लागेको हो हामी कसैलाई पनि थाहा छैन ।” डेन्को भने मुसुमुसु हाँस्दै शान्तिसँग अघिअघि जाँदै थिए ।
एक दिन जंगलमा ठूलो आँधि आयो । रुखहरु भयानसँग तर्साउने गरी गर्जे । जंगल कति अँध्यारो भयो भने उनीहरुले त्यहाँ जति रातहरु बिताएका थिए ती सबै मिलेर एकै रात भए जस्तो लाग्यो । ती बिचरा मानिसहरु आँधीको भयंकर कोलाहल र अजम्बर रुखहरुको बीचबाट आफ्नो बाटो लागिरहेका थिए । प्रत्येक पाइलामा झन्झन् अँध्यारो हुँदै गयो । बस्नलाई एक इन्च जमिनसम्म पनि खाली थिएन । कतै खाली जमिन भेटिए पनि त्यसमा मानिस भासेर जान्थ्यो । त्यस अन्धकारले गर्दा एक हात परसम्मको चीज पनि देखिन छोड्यो । एक इन्च अघि बढ्दासम्म पनि धसिरहेका जराहरुमा र जबर्जस्तीले एक अर्कोसित बेरिएका लहराहरुमा ठक्कर लागि मानिसहरु लड्थे । यसरी उज्यालोबिना बाटो बन्द भयो । त्यै रात बिताउन पनि दुर्गन्धित हावामा सास फेर्नु पर्दा मानिसहरु स्वाँ स्वाँ र फुँ फुँ भै निस्सासिए । निर्धाहरुले त्यही फुँ फुँ र उँ उँ गर्दै सास छोडे । बुढाबुढीहरु बेजोडले कराउन थाले । आइमाइ र बालकहरु खुब जोडसँग रुन लागे । अन्धकारमय दुर्गन्ध तथा बाटै नदेखिने भएकोले सबैको मुखबाट क्रन्दनपूर्ण आवाज मात्र निस्कन थाल्यो । रुखका हाङ्गाहरुमा आँधीले दिएको ठक्करले झन् डरलाग्दो र भयपूर्ण अवस्थामा एक रातसम्म मात्र बिताउन परे सबै मानिसहरु त्यहीं मर्नेछन् भन्ने डेन्कोलाई पनि लाग्यो । डेन्को पनि आत्तिए । आफूले साहस दिएर अगाडि बढाएका, आफ्नो नेतृत्वमा आएका मानिसहरुलाई जसरी भए पनि यी दानव पिशाचबाट मुक्ति दिनैपर्छ । सारा जनतालाई बचाउनै पर्छ ।
तर के गरोस् ? उज्यालोको नाउँमा आँखाको सेतो भाग समेत पनि देखिन छोड्यो । केही उपाय थिएन । त्यसैबेला डेन्कोले एकाएक अघि लम्केर आफ्नो छाती फोडेर आफ्नो ज्योतिपूर्ण मुटु झिकी आफ्नो हातले मुटु समाएर अँध्यारो जंगलमा ज्योति फैलायो, जसले गर्दा उनीहरु जंगलमा बाटो पहिल्याउन समर्थ भए । डेन्को अघिअघि बढ्दै गए । जनता मुटुको ज्योति हेरी उनको पछि पछि लागे । मुटुको ज्योतिले गर्दा तिनीहरुको डर, भय, नैराश्य बिलाएर गयो । धेरै बेरपछि त्यो अन्धकारमय घनघोर जंगल पार भयो । तिनीहरु अब समुद्रको किनारमा एउटा खुल्ला मैदानमा आइपुगे । यो धेरै रमणीय र आनन्दमय नौलो ठाउँ थियो । यो देखेर तिनीहरु सबै खुशी भए । डेन्कोको त्यत्रो ठूलो त्याग र नेतृत्व कहिल्यै बिर्सिने छैन र त्यसको साहस हाम्रो यो जातिको परम्परा हुनेछ भन्दै सबैले आफ्नो नेताको दिवंगत आत्माप्रति शोक मनाए । यसरी उनीहरुले आफ्नो जातिको स्वतन्त्रतालाई कायम राखे ।