वैद्यले खोले एमाओवादीसँग आफ्नो पार्टीको एकता हुन नसक्नुको खास कारण

वैद्यले खोले एमाओवादीसँग आफ्नो पार्टीको एकता हुन नसक्नुको खास कारण

Nepanganjनेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले तत्कालीन एमाओवादीसँग एकता हुन नसक्नुको कारण खुलासा गरेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै नयाँ जनवादी कार्यदिशा त्याग्न आग्रह गरेका कारण आफूहरुको एकता सम्भव नभएको बताएका हुन् । 

उनले नयाँ जनवादी क्रान्त्किो कार्यदिशा छाड्नेहरुसँग एकता गरको वैद्यको भनाई थियो । थारुवान, भेरी–कर्णाली र सेती–महाकाली राज्यको बाँकेको कोहलपुरमा आयोजित कार्यकर्ता प्रशिक्षणका क्रममा उनले आफूहरुलले नयाँ जनवादलाई छाड्न अस्वीकार गरेको स्पष्ट पारे । 

आफूहरु जहिले पनि सिद्धान्तनिष्ठ एकताको पक्षमा रहेको भन्दै उनले सिद्धान्त छाडेर कुनै पनि समूहसँग वार्ता हुन नसक्ने स्पष्ट पार्दै यसअघि पनि आफूहरुले एकीकरणका लागि आधार तयार गर्न वार्ता गरिएको भएपनि सफल भएको उल्लेख गरे । 

आफूले राष्ट्रिय सम्मेलन गरेर सैद्धान्तिक विवाद मिलाउने प्रयास गरेपनि बादल समूहले पद र प्रतिष्ठाको लोभमा गुटगत अवसरवादी प्रवृति देखाउँदै सिद्धान्तलाई तिलाञ्जली दिएर हामफालेको उनको भनाई थियो । 

उनले आफूहरुले नयाँ जनवादी क्रान्ति नछाडेको उल्लेख गर्दै अहिलेको नेतृत्वले नै जनवादी क्रान्ति गर्ने दाबी गरे । आफूहरु नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको वैद्यको भनाई थियो ।