स्पेनिस सुपर कपमा बार्सिलोना विजयी, स्वारेज र हदादीको गोल

स्पेनिस सुपर कपमा बार्सिलोना विजयी, स्वारेज र हदादीको गोल

Barcelona_swarezकाठमाडौं । स्पेनिस सुपर कप अन्तर्गतको पहिलो लिगको खेलमा बार्सिलोना विजयी भएको छ ।

आइतबारराति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई २–० ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज र मुनिर अल हदादीले एक एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५४ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा हादादीले गोल गर्दै बार्सिलोनाको २–० को जित सुनिश्चित गरे ।

दोस्रो लेग आउँदो बुधबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ । स्पेनिस ला लिगाको नयाँ सिजन आगामी शुक्रबारदेखि सुरु हुनेछ । च्याम्पियन बार्सिलोनाले शुक्रबार पहिलो खेलमा रियल बेटिसको सामना गर्नेछ ।