जलविद्युत् परियोजनामा बीस करोड घाटा

जलविद्युत् परियोजनामा बीस करोड घाटा

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम र भारपा गाविसको सीमा क्षेत्र भएर बग्ने हेंवा खोलामा निर्माणाधीन तल्लो हेंवा जलविद्युत् आयोजनामा करिब २० करोड घाटा भएको जनाइएको छ ।

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दीका साथै स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीले ठूलो घाटा बेहोर्नुपरेको जनाएको छ ।

आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालिका अध्यक्ष सिताराम तिम्सिनाले भूकम्प र त्यसपछिको पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको बताए ।

त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा गतवर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सुचारु भएको थियो ।