ओलम्पिकमै कान्छी खेलाडी नेपाली पौडीबाज गौरिकाको प्रतिस्पर्धा आज

ओलम्पिकमै कान्छी खेलाडी नेपाली पौडीबाज गौरिकाको प्रतिस्पर्धा आज

gaurikaaकाठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालकी पौडी खेलाडि गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी गौरिकाको आज हुने खेलमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य हुनेछ ।

गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् ।

उता रियो ओलम्पिकमा सहभागी ७ नेपाली खेलाडीमध्ये आर्चरीका जीत बहादुर मोक्तानले पहिलो दिनको खेलमा ६ सय ७ स्कोर गरेका छन् ।

मोक्तानले अब दोस्रो चरणमा मंगलबार भारतका खेलाडी अतनु दाससँग खेल्ने भएका छन् ।

मोक्तान र सिंह बाहेक रियो ओलम्पिकमा नेपालका पौडी खेलाडी शिरिष गुरुङ, एथ्लेटिक्सका हरी रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री तथा तेक्वान्दोकी निशा रावलले प्रतिस्पर्धा गर्दैछन् ।