दक्षिण अफ्रिकामा मण्डेलाको पार्टी पराजित

दक्षिण अफ्रिकामा मण्डेलाको पार्टी पराजित

jacob_zumaजोहानेसवर्ग । दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकन नेशनल कांग्रेस (एएनसी) ले निर्वाचनमा शहरी क्षेत्रमा अप्रत्यासित हार बेहोरेको छ । 

अफ्रिकन नेसनस कँग्रेसले निर्वाचनमा राजधानी प्रेटोरियालगायतका नगर क्षेत्रमा अनपेक्षित नतिजा प्राप्त गरेको र ग्रामीण इलाकामा पनि निर्वाचन परिणाम यसअघिको तुलनामा व्यापक रुपमा परिवर्तनमा भएको बताइएको छ ।

दक्षिण अफ्रिकी डेमोक्रेटिक गठबन्धनले कांग्रेसलाई कडा टक्कर दिएको छ ।

अफ्रिकी कांग्रेसलाई सन् १९९४ पछिका निर्वाचनमा बहुमतका साथ पहिलो स्थानमा पु¥याउँदै आएका अफ्रिकी जनताले कांग्रेस नेतृत्वको सरकारले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनियमितताका कुरालाई नियन्त्रण गर्न नसक्दा देशको अर्थतन्त्रमा व्यापक असर परेको देखिएका बेला परिवर्तनको चाहना निर्वाचनद्वारा व्यक्त गरेका हुन् ।

सत्ताधारी दल कांग्रेसले काला जातिको बाहुल्यता रहेको नेल्सन मण्डेला बे नगरपालिकामा समेत पराजय बेहोरेको छ ।

यद्यपि विपक्षी डेमोक्रेटिक गठबन्धनले पनि सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।