कोक्राझार । भारतको असाममा शंकास्पद नेशनल डेमोक्रेटिक फ्रन्ट बोडोल्याण्डका लडाकूले गरेको आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
भारतीय प्रहरी असामका महानिर्देशक मुकेश सहायले असामबाट १२ किलोमिटर दूरीमा अवस्थित बालजिन तिनाइली बजार क्षेत्रमा अज्ञात समूहको आक्रमणमा परी मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म १४ पुगेको छ भने घटनामा २० जना भन्दा बढी घाइते भएको पुष्टि गरेका छन् ।
घटनाको कसैले जिम्मेवारी नलिएपनि आक्रमणमा नेशनल डेमोक्रेटिक फ्रन्ट वोडोल्याण्डका लडाकू प्रयोग भएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।
आक्रमणबाट १२ जनाको बजार क्षेत्रमै मृत्यु भएको र बाँकी दुई जनाको घाइते अवस्थामा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।