रियो ओलम्पिकको भव्य उद्घाटन, नेपालकी गौरिका कान्छी खेलाडी

रियो ओलम्पिकको भव्य उद्घाटन, नेपालकी गौरिका कान्छी खेलाडी

Rio_Olympicकाठमाडौं । ब्राजिलको रियो दि जेनेरियो सहरमा रहेको माराकाना रंगशालामा ओलम्पिक खेलकुदको भव्य उद्घान भएको छ ।

रियो ओलम्पिक अन्तर्गत फुटबलका खेलहरु दुई दिनअघि नै सुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार बिहान भएको हो । रियो ओलम्पिकमा टेनिस खेलाडी गुस्ताभो कुर्तेनले ओलम्पिक मशाल बालेका थिए ।

ब्राजिलका महान फुटबलर पेलेले ओलम्पिक मशाल बाल्ने भनिएपनि उनी उद्घाटन समारोहमा स्वास्थ्य अवस्थाका कारण आउन नसकेपछि ओलम्पिक मशाल कुर्तेनले बालेका हुन् ।
आगामी २१ अगष्ट सम्म चल्ने रियो ओलम्पिकमा विभिन्न २ सय ६ देशका खेलाडीले २८ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

ओलम्पिक सुरु हुनु पूर्व रुसको डोपिङ, जिका भाइरसको संक्रमण तथा आयोजना स्थललको सुरक्षा तथा भौतिक पूर्वाधारको निर्माण तथा रियो सहरमा लगाइएको आर्थिक संकटकालकाबीच रियो ओलम्कि सुरु भएको हो ।

दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन् । डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालामा ओलम्पिकका खेल हुनेछन् ।

यस ओलम्पिकमा भाग लिएको शरणार्थी टिममा १० खेलाडी छन् । जसमा दक्षिणी सुडानका पाँच, सिरियाका दुई, कंगोका दुई तथा इथियोपियाका एक खेलाडी छन् । यो टिमले ओलम्पिक झण्डाअन्तर्गत भाग लिनेछ ।

यो ओलम्पिकमा विश्वभरका १० हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् । नेपालकी १३ वर्षकी पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकमा भाग लिने सबैभन्दा कम उमेरकी खेलाडी हुन् । नेपालबाट पाँच खेलमा सात खेलाडीले भाग लिंदैछन् ।