इग्लिस क्लब लिभरपुलसँग बार्सिलोना ४–० ले पराजित

इग्लिस क्लब लिभरपुलसँग बार्सिलोना ४–० ले पराजित

Luis-Suarez-and-Lionel-Messiकाठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले इग्लिस क्लब लिभरपुलसँग लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलले बार्सिलोनालाई ४–० गोल अन्तरले हराएको हो ।

खेलको १५ औं मिनेटमा साडिओ मानेको गोलबाट अग्रता लिएको लिभरपुलले बार्सिलोनाका जाभियर मासेरानोको आत्मघाती गोलबाट अग्रता दोब्बर पारेको थियो ।
ओरिगी र मार्को गुर्जिकले गोल गर्दै लिभरपुललाई ४–० को पराकिलो जित दिलाएका हुन् ।

लिभरपुलका पूर्व स्ट्राइकर लुइस स्वारेज र लिओनल मेस्सीले बार्सिलोनाको हार टार्न सकेनन् ।