सेयर बजार निरन्तर ओरालो, नेप्से घट्ने क्रम जारी

सेयर बजार निरन्तर ओरालो, नेप्से घट्ने क्रम जारी

काठमाडौं । धितोपत्र बजारमा सेयरको मूल्य ओरालो लाग्ने क्रम जारी छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १८.९४ अंकले घटेर एक हजार ८२६ अंकमा झरेको छ । उत्पादन समूहमा भने सेयर १.३ प्रतिशतले बढेको छ । तर अन्य समूहका सबै सेयर कारोबार घट्दा बजार प्रभावित बनेको हो ।

बैंकिङ समूह १.०५, होटल १.६४, विकास बैंक १.२५, जलविद्युत् १.२५, फाइनान्स ०.४४, बिमा १.६२ र अन्य समूह ०.१ प्रतिशतले कमी आएको छ ।

कुल १३९ कम्पनीको एक अर्ब ४२ करोड ३२ लाख नौ हजार ३२० बराबरको सेयर कारोबार भएको स्टकले जनाएको छ ।
विभिन्न कम्पनीका ३२ लाख ९८ हजार कित्ता सेयर मात्रै कारोबार भएको छ ।