एजेन्सी । मुम्बई–गोवा राजमार्गमा रहेको रायगढ जिल्लामा सावित्री नदीको पुल गएराति भत्किदा दुई बससहित अन्य साना सवारी साधन बगेको आशंका गरिएको छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवन्द्र फणनविसले महाबलेश्वर इलाकामा भारी बर्षाका कारण नदीमा पानीको बहाब उच्च भएसँगै पुरानो सो पुल भत्किएको पुष्टि गरेका छन् ।
घटनामा कति मानिसको मृत्यु भयो भन्ने बारेमा अहिले सम्म स्पष्ट हुन सकेको छैन । घटना मध्यराति भएको र एक पुरानो पुल भत्किएपनि नयाँ पुलबाट यातायात सञ्चालन गरिएको उनको भनाई छ ।
पुल भत्किदा नदीमा ठूलो बाढी आएका कारण दुई वटा सरकारी बससहित अन्य साना सवारी साधन बगेको आशंका गरिएको छ । उनका अनुसार बसमा २२ जना सवार थिए । उनीहरुका बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।