अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीलाई २१ महिनाको जेल सजाय

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीलाई २१ महिनाको जेल सजाय

Lionel Messi

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर तथा स्पेनिस क्लव बार्सेलोनाका चर्चित खेलाडी लियोनल मेसीलाई २१ महिनाको जेल सजायँ फैसला सुनाइएको छ ।

स्पेनको एक अदालतले कर छलीको अभियोगमा मेस्सीलाई २१ महिनाको जेल सजायँ सुनाएको बीबीसीले जनाएको छ । अदालतले उनलाई झन्डै २४ करोड रुपैंया (२ मिलियन युरो) जरिवाना पनि तोकेको छ ।

तस्वीरको कपिराइटबाट आएको पैसा कर छलेर बेलिज र उरुग्वेमा जम्मा गरेको अभियोजनकर्ताको दाबी छ । तर, अदालतमा उपस्थित भएका मेस्सीले यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

उनका बुबा जोर्जलाई पनि जेल सजाय सुनाइएको छ । मेस्सी र उनका बुबामाथि २००७ देखि ००९ को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ ।

मेस्सीका फ्यानहरु नेपाल लगायत विश्वमै रहेका छन् । हालै कोपा अमेरिका फुटबलको फाइनल खेलमा पेनाल्टी मिस गरेपछि अन्तर्राष्ट्रिय फुटवलबाट सन्यासको घोषणा गरेका थिए । उनको सन्यासपछि उनका समर्थकहरुले सन्यास फिर्ता लिन माग गर्दै आएका छन् ।

स्पेनकाे कानूनअनुसार भने उनले ताेकिएकाे जरिवाना तिर्नुपर्ने भए पनि जेल जान भने नपर्ने भएकाे छ । दुर्इ वर्षभन्दा कमकाे जेल सजायँ भएमा जेल जानु नपर्ने स्पेनकाे कानूनमा उल्लेख छ ।